Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्छ : पत्रकार धनराज अविरल

वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्छ : पत्रकार धनराज अविरल

  • समाचार
  • पौष ८, २०८० आइतवार २१:५३ बजे
  • 841
    SHARES
  • वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्छ : पत्रकार धनराज अविरल

    पौष ६ माल्टा (यूरोप)

    देशमा रोजगारीको उत्तम विकल्प नहुँदासम्म वैदेशिक रोजगारलाई सरकारले सुरक्षित र व्यवस्थित बनाउनु पर्ने पत्रकार धनराज विक अविरलले बताएकाछन् । सुदूरपश्चिम सेवा समाज माल्टाले पौष ४ गते माल्टामा आयोजना गरेको आप्रवासी नेपालीहरुको आत्मीयता आदानप्रदान एवम् विधान अनुमोदन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अविरलले सरकारले आप्रवासी नेपालीको मानव अधिकारको रक्षा गर्ने दायित्व पूरा गर्नुपर्ने बताएकाहुन् ।Messenger_creation_9e9b8723-a2e1-4b73-a6a5-1e1fd382891b.jpeg

    सिस्टम र सीपको विकास गरेर भविष्यमा आफ्नै देशमा केहीगर्ने सोच राखेर काम गर्नुपर्ने बताउँदै जुनसुकै कारणले वैदेशिक रोजगारमा निस्कनु परेपनि आप्रवासी नेपालीहरुले देशलाई सधैं माया गर्नुृपर्ने बताएका थिए । वैदेशिक रोजगारमा रहेका आप्रवासी नेपालीहरुको मानवअधिकारको रक्षा र विभिन्न कारणले कानुनी अफ्ठयारोमा परेका नेपालीहरुको उद्धार गर्नेकाम सरकारको भएकोले नेपाल सरकार आफ्ना नागरिकको अधिकारको पक्षमा जिम्मेवार बन्नुपर्नेमा अविरलले जोड दिएका थिए ।Messenger_creation_b2d23dab-2a5a-413b-9772-73fa0d7c3d2c.jpeg

    समाजका अध्यक्ष दिपक सिंह ठगुन्नाले संस्थागत विकासको लागि सबैले मिलेर काम गर्नुपर्ने बताएका थिए । नेपालबाट सुदूरपश्चिम सेवा समाज माल्टाका लागि विधान निमार्ण गरी विधान लगायतका आवश्यक सामाग्री लेटरप्याड, सदस्यताकार्ड, नगदी रसिद्, स्टयामप्याड र ब्यानर बनाई माल्टासम्म ल्याई सहयोग गरेकोमा पत्रकार, तथा मानवअधिकारकर्मी धनराज अविरललाई समाजको तर्फबाट धन्यवाद् समेत व्यक्त गरेका थए ।

    अध्यक्ष ठगुन्नाले पत्रकार साहित्यकार मानवअधकिारमकर्मी र मनोसामाजिक परामर्शकर्ता धनराज अविरलले सामाजिक क्षेत्रमा सक्रिय रहेर गरेका सामाजिक योगदानका कामको प्रंशसा गरेका थिए । उनले भने,“सुदूरपश्चिम सेवा समाज माल्टालाई संस्थागत विकास गर्दै प्रभावकारी रुपमा अगाडी बढाउनको लागि अविरललाई आजको कार्यक्रमबाट संस्थाको प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ ।”Messenger_creation_7b4ac633-d0f5-4292-9f42-881cf1c37d7d.jpeg

    समाजका वरिष्ठ उपाध्यक्ष जनक कुँवरले अतिथिहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्दै संस्थालाई उचाईमा पुगाउन अझैं राम्रा काम गर्नुपर्ने बताए । कार्यक्रमको औचित्यमाथि प्रकाशपार्दै कोषाध्यक्ष दिनेश नगरीले समाजका लागि सकारात्मक सोच राख्नुपर्ने बताए । त्यसैगरी सल्लाहकार सदस्य बलदेव भण्डारीले संस्थाको विकासका लागि सबै एकभई मिलेर काम गर्नुपर्नेमा जोड दिए ।Messenger_creation_62bbec6f-f22a-403e-b0df-7347b4c781a0.jpeg

    कार्यक्रमस्थलमा नेपालको राष्ट्रिय झण्डा राखेर ज्ञातअज्ञात सहिदप्रति मौनधारण गर्दै नेपालको राष्ट्रिय गीत बजाएर राष्ट्रप्रति सम्मान प्रकट गरेर कार्यक्रम संचालन गरिएको थियो । समाजका सम्पूर्ण पदाधिकारीलाई यस समाजका सल्लाहकार संयोजक नरेन्द्र पाण्डेले विधान बमोजिम सपथ ग्रहण गराएका थिए ।Messenger_creation_7ac09535-cf9c-48b5-b396-8671ddb717f2.jpeg

    ३० जना भन्दा बढिको सहभागिता रहेको कार्यक्रममा कार्यसमितिका केही सदस्य फेरबदल गरिएको थियो भने विविध प्रश्तावमाथि छलफल गरी निर्णय पारित गरिएको कार्यक्रम संचालक महासचिब शिव विक (शिशिर) ले बताए । विभिन्न उपसमितिहरु गठन गरी आगामी कार्ययोजना समेत तयार पारी कामगर्ने विषयमा छलफल भएको उपाध्यक्ष तबिता क्षेत्रीले बताईन् ।

  • सम्बन्धित विषय:

  • # माल्टा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images