हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्कीचुहा नगरपालिका -१ लम्की , कैलालीको १७ औं वार्षिक साधारणसभा सोमबार सफल सुदूरपश्चिम एकेडेमीको प्राङ्गणमा सम्पन्न भएको छ ।
हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शंकर बिष्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही रहेकी थिइन् । कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं १ का वडा सदस्य सिद्धराज तिमिल्सेना , हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा पुर्व अध्यक्षहरू , समाजसेवी , विभिन्न सहकारीबाट प्रतिनिधित्व गर्ने प्रमुख तथा प्रतिनिधिहरू , संस्थाका कर्मचारी तथा शेयरधनीरूको सहभागीता रहेको थियो ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष शंकर बिष्टले प्रतिवेदन आ.ब.२०७९/०८० को प्रगति विवरण र आ.ब. २०८०/०८१ का भावी निति तथा कार्यक्रमहरू प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा एसइइ परीक्षा उत्कृष्ट अंक ल्याउने , संस्थामा आबद्ध भएका महिलाहरूलाई सुत्केरी भत्ता , जेष्ठ नागरिक सम्मान , उत्कृष्ट ऋणी , नियमित बचतकर्ता , निरन्तर बिल बुझाउने लगायत विभिन्न विधामा सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न वक्ताहरूले दिनु भएको शुभकामना मन्तव्य राख्नुका साथै संस्थाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका सचिव राज बहादुर शाहीले सञ्चालनसँगै सुरु भएको कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष खड्क टम्मटाले गर्नु भएको थियो । पलपल अनलाइन मिडियामा भिडियो हेर्नुहोला।



