Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

रेडक्रस कैलालीका मन्त्री जोशी प्रदेशको विज्ञ सदस्यमा मनोनीत

रेडक्रस कैलालीका मन्त्री जोशी प्रदेशको विज्ञ सदस्यमा मनोनीत

  • समाचार
  • पौष ११, २०८० बुधवार १९:०० बजे
  • 1.6K
    SHARES
  • रेडक्रस कैलालीका मन्त्री जोशी प्रदेशको विज्ञ सदस्यमा मनोनीत

    रंगप्रसाद तिमिल्सैना लम्की/ पौष ११

    नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका मन्त्री लोकराज जोशी सुदूरपश्चिम प्रदेशको विपद व्यवस्थापन कार्यकारी समिति अन्तर्गत रहेको उपसमितिको विज्ञ सदस्य पदमा मनोनीत हुनुभएको छ । कार्यकारी समितिको मिति २०८० साल मंसिर २४ गते बसेको बैठकले विपद व्यवस्थापनका क्षेत्रमा लामो समयदेखि सक्रिय रेडक्रसकर्मी जोशीलाई उपसमितिको विज्ञ सदस्य पदमा मनोनीत गरेको हो ।received_883953456711802.jpeg

    सुदूरपश्चिम प्रदेश सरकारको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि ऐन २०७५ को दफा ३५ बमोजिम प्रदेश विपद व्यवस्थापन परिषदको निर्देशन कार्यन्वयन तथा व्यवस्थापन कार्यलाई प्रभावकारी रुपमा संचालन गर्न उपसमिति गठन गर्न सकिने व्यवस्था रहेको छ ।

    विज्ञ सदस्यमा मनोनीत हुनुभएका जोशी नेपाल रेडक्रस सोसाइटी चुहा उपशाखाको सभापति , कैलाली जिल्ला शाखाको कार्यसमिति सदस्य, उपमन्त्री हुँदै हाल कैलाली जिल्ला शाखाको मन्त्री हुनुहुन्छ ।

    त्यसैगरी जोशी लामो समयदेखि विपद व्यवस्थापनका क्षेत्रमा क्रीयाशिल हुनुका साथै विभिन्न संघ संस्था र सरकारी निकायहरुमा विपद जोखिम व्यवस्थापन सम्बन्धि नीति , कार्यक्रम तथा रणनीतिक योजना निर्माणमा परामर्शदाताका रुपमा समेत काम गरिरहनु भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images