Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
images
images

अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारणसभा सम्पन्न

अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारणसभा सम्पन्न

  • समाचार
  • पौष १३, २०८० शुक्रवार २२:०५ बजे
  • 1.0K
    SHARES
  • अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारणसभा सम्पन्न

    कैलालीको लम्कीचुहा नगरपालिका लम्कीमा रहेको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं वार्षिक साधारणसभा शुक्रबार लम्कीमा सम्पन्न भएको छ ।

    संस्थाका अध्यक्ष जयन्द्र प्रसाद जैसीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका उप-प्रमुख जुना चौधरी रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा लम्कीचुहा नगरपालिका वडा नं १ वडा अध्यक्ष नेत्र प्रसाद खनाल र वडा नं २ का वडा अध्यक्ष सन्तोष कुमार ओली , राष्ट्रिय सहकारी बैंक सुदूरपश्चिम प्रदेश संयोजक शिवा थापा , जिल्ला सहकारी संघ कैलालीका सदस्य कृष्ण पाण्डे , संस्था पुर्व अध्यक्ष खगेन्द्र प्रसाद धमाला , बल्चौर जैविक विविधता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनन्नजय न्यौपाने , लम्की बहुमुखी क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष बद्री प्रसाद ढकाल , साना किसान कृषि सहकारी अध्यक्ष बिमला सिंह लगायत विभिन्न सहकारीका प्रमुख तथा प्रतिनिधिहरू , समाजसेवी , सञ्चारकर्मी र संस्थाका शेयर सदस्यहरू , कर्मचारीहरूको सहभागीता रहेको थियो ।IMG_20231229_220354.jpgIMG_20231229_220407.jpg

    संस्थाका अध्यक्ष जयन्द्र प्रसाद जैसीले सञ्चालक समितिको तर्फबाट आ.ब.२०७९/०८० को प्रतिवेदन , संस्थाका प्रबन्धक नवराज न्यौपानेले संस्थाले गरेका काम , प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    संस्थाले आ.व. २०७९/८० मा १ करोड ४० लाख ७० हजार ६ सय ९० रुपैयाँ बराबरको कारोबार गरेको छ । साथै आ.व.२०८०/८१ मा १ करोड ३४ लाख १५ हजार बराबरको आयव्यय हुने अनुमान गरेको छ ।

    उत्कृष्ट ऋणी , संस्थाका उत्कृष्ट शेयर सदस्य , संस्थाका जेष्ठ नागरिक सम्मान समेत गरिएको थियो । अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको प्रधान कार्यालय लम्कीमा रहेको छ भने सेवा कार्यालय बौनियामा रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images