चन्द्र प्रसाद खनाल / लम्की , पौष १४ शनिबार
कैलालीको लम्कीचुहा नगरपालिका २ मोतिपुरमा रहेको पशुपति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोतिपुरको २३ औं बार्षिक साधारण सभा शनिबार लम्कीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शिवा थापाको सभापतित्वमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि लम्की चुहा नगरपालिकाका उपप्रमुख जुना चौधरी रहनु भएको थियो । कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं १ वडा अध्यक्ष नेत्र प्रसाद खनाल , वडा नं २ का वडा अध्यक्ष सन्तोष कुमार ओली , नागवंशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र बडुवाल , हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शंकर बिष्ट , पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक चन्द्रकान्त खनाल , लम्की बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक एकेन्द्र प्रसाद जैसी लगायत सहकारी कर्मी , विभिन्न संघसंस्थाका प्रतिनिधिहरू , सहकारीका शेयर सदस्यहरू , तथा सञ्चालका समितिका पदाधिकारी तथा सदस्यहरू , सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०७९/८० आर्थिक आयव्याय प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा संस्थाका प्रबन्धक सीता जैसीले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा नियमित बचतकर्ता , उत्कृष्ट ऋणी लगायत सहकारीमा योगदान गर्ने व्यक्तिलाई सम्मान पत्रले सम्मान गरिनुका अतिथिहरूलाई मायाको चिनो समेत दिइएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरूले पशुपति महिला बचत तथा ऋण सहकारी संस्थाले राम्रो काम गरेको भन्दै आगामी दिनहरूमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।



