कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १, कुन्टिखेतका विमित स्व. विकाश भण्डारीकी ममतामयी आमा दुर्गा भण्डारी र श्रीमती ममता बिष्टलाई संयुक्त रूपमा १० लाख ७१ हजार रुपैयाँ प्रदान गरेको हो । कम्पनीका सुदुरपश्चिम स्टेड बिजनेश हेड सुमन प्रसाद तिमिल्सैना र लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र प्रसाद खनालद्वारा संयुक्त रुपमा उक्त रकम प्रदान गरेका हुन् ।
लम्कीचुहा नगरपालिका वडा नं १ कुन्टिखेत उहाँको घरमा एक अनौपचारिक कार्यक्रम गरि रकम हस्तान्तरण गरेको हो । स्व. विकाश भण्डारीले २०७८ साल पुष ३० गते २० वर्षे पाँच लाख दश हजार बिमाङ्ग रकम को आइ . एम. ई सरल जिवन बिमा को दुई किस्ता रु. ५० हजार १ सय ९६ र छोरा इसान भण्डारी को मिति २०७९ वैशाख ११ गते २० वर्षे तीन लाख बिमाङ्ग रकम को आई. एम .ई . बाल उज्ज्वल जिवन बिमा को दुई किस्ता २९ हजार ६ सय २९ मात्र विमा शुल्क तिरेर आई.एम.ई. लाईफ ईन्स्योरेन्स क. लि. लम्की शाखामा बिमा गरेका थिए । बीमा जारी भएको छोटो समयमा २०८० साल मंसिर ९ गते सडक दुघर्टनामा परि दुखद निधन भएको थियो। बिमा रकम बुझेपछि स्व. भण्डारीकी श्रीमती ममता विष्टले आई एम ई लाइफ लाई धन्यवाद दिनु भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिमा लम्की चुहा न.पा. वडा नम्बर १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल रहनु भएको थियो। आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखा प्रमुख बल बहादुर थापा ले संञ्चालन गर्नु भएको उक्त कार्यक्रममा आई एम ई लाईफ इन्सोरेनस कम्पनी लि सुदुरपश्चिम प्रदेश बिजनेस हेड सुमन प्रसाद तिमिल्सैना, क्षेत्रिय शाखा प्रमुख तुल्सी देबकोटा , एजेन्सी मेनेजर भिम बहादुर शाही, एजेन्सी मेनेजर मिना बिष्ट , एजेन्सी ममता बिष्ट, पत्रकार गणेश रावलका साथै स्थानियहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष नेत्र प्रसाद खनाल द्वारा घटना घटेको छोटो समयमा घरमै गई रकम हस्तान्तरण गरेकोमा विमित पारिवारलाई ठुलो राहात भएको बताउनु भएको थियो । सुदुरपश्चिम प्रदेश बिजनेस हेड सुमन प्रसाद तिमिल्सैनाले बिमा बचत हो र बिमा लगानी पनि हो । विमा गर्नु का धेरै फाइदाहरुको बारेमा र कम्पनीले छोटो समयमा दाबी भुक्तानी गरेको र छोरा ईसान भण्डारीको बिमा शुल्क मिनाह र प्रत्येक महिना पढाई खर्च तिन हजार पाउने भनाई व्यक्त गर्नु भएको थियो ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनिका बारेमा क्षेत्रीय शाखाका प्रमुख तुल्सी देबकोटा द्वारा विभिन्न प्रकारका जिवन बिमा योजना , यसको आवश्यकता र महत्व भएकाले सबैले अनिवार्य बिमा गर्नु पर्ने वताउनु भएको थियो ।



