कैलाली जिल्लाको गौरीगंगा नगरपालिका बस्ने लक्ष्मी बोगटी कुवर सामाजिक कार्य गरेसँगै धेरै दाताहरुको सहयोग लिएर कैलालीबाट अहिले डोटी जिल्ला पुर्बीचौकी गाउँपालिकामा भुकम्पले भत्ताकाएका विभिन्न विद्यालयहरूमा शैक्षिक सामाग्री स्कुल ब्याग , कपि कलमहरु लिएर सामाजिक सेवामा सक्रिय रहेकी छन् । 
डोटी जिल्लाका विभिन्न भुकम्प प्रभावित विद्यालयहरूमा पुगेर शैक्षिक सामाग्रीहरू झोला , कापी , कलम लिएर वितरण गरेकी छन् ।
यस्ता पहिलो चरणको सहयोग लिएर अछाम चौरपाटी गाउँपालिका वडा नम्बर ६ का ३५ जना बालबालिकाहरूलाई न्यानो लुगा र लगाउने टोपी सहयोग गर्नु भएको छ ।
चौरपाटी गाउँपालिका वडा नं -६ का वडा सदस्य भानसिङ साउद र समाजसेवी प्रेम खड्का , समाजसेवी अम्मर खड्काको आग्रहलाई स्वीकार गर्दै एकल महिला , बिपन्न गरिब , घर परिवारका बालबालिकाहरुलाई सहयोग हस्तान्तरण गर्नु भएको हो ।


सहयोग गर्ने सहयोगी दाताहरूमा बुद्ध माया तिवारी अमेरिका , गोरीमाया आचार्य अमेरिका , गोरख केसी र मुना लामा काठमाडौ , उषा मल्ल शाही , अर्जुन शाही र छोरी मेरिना शाही अमेरिका , सरला श्रेष्ठ साहित्यकार अमेरिका , मुना श्रेष्ठ रेस्लिङ खेलाडी काठमाडौ , किरन कार्जित केयुर काठमाडौ सहयोग गरेका र सहयोगी दातालाई सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुवरले धन्यवाद समेत व्यक्त गरेकी छन् ।



