कैलालीको मोहन्याल–७ कुइने चिसापानी सडक खण्डको हावापानी लाग्ने डाँका नजिकै बुधवार साँझ दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसराको मृत्यु भएको हो।
ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट २०० मिटर तल कर्णाली नदीमा खसेको थियो। उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ आउँदै थिए।
दुवै जनाको शव मोटरबोटको सहायताले निकालिएको छ। मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। ढकाल दम्पतीका दुई छोरा र एक छोरी छन्।



