Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नवोदय बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा सम्पन्न

नवोदय बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा सम्पन्न

  • समाचार
  • पौष २८, २०८० शनिवार १६:५५ बजे
  • 1.6K
    SHARES
  • नवोदय बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा सम्पन्न

    चन्द्र प्रसाद खनाल / लम्की पौष २८

    नवोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभा कैलालीको लम्कीमा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डिल्ली प्रसाद गड्तौलाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह रहनु भएको थियो ।IMG_20240113_165315.jpg

    कार्यक्रममा विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेशसभा सदस्य टीका थापा , सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्य न्यायवक्ता कुलानन्द उपाध्याय , लम्कीचुहा नगरपालिका उप प्रमुख जुना चौधरी , लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल , वडा नं ५ का वडा अध्यक्ष माया बिष्ट , राष्ट्रिय सहकारी बैंक सञ्चालक सदस्य शिवा थापा ,लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईं , विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू , समाजसेवी , बुद्धिजीवी , संस्थाका शेयर धनीहरूको सहभागीता रहेको थियो ।

    संस्थाका सञ्चालक समिति सदस्य मोति प्रसाद उपाध्यायको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव गोरख बहादुर बटालाले गर्नु भएको थियो ।

    संस्थाका सञ्चालक समितिका कोषाध्यक्ष देवकी कार्कीले कोषाध्यक्ष को प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । लेखा समितिको प्रतिवेदन लेखा संयोजक तिलक प्रसाद गड्तौलाले प्रस्तुत गर्नु भएको थियो ।

    सहकारी संस्थाको कुल आम्दानी ३१ लाख ९६ हजार ८७.४३ , कुल खर्च २६ लाख २ सय ६६.४ , कर अघिको नाफा ५ लाख ५६ हजार ८ सय २०.९४ , खुद नाफा ४ लाख ९९ हजार ३ सय १७.४० रुपैया भएको छ । शेयर सदस्य संख्या ६ सय १२ जना रहेका छन् । संस्थाको शेयर पुजी ६१ लाख ७० हजार रहेको संस्थाका प्रबन्धक सुकदेव काफ्लेले पलपल अनलाइन मिडियालाई जानकारी दिनु भएको छ ।

    उत्कृष्ट कर्मचारी झरना बुढा , असल ऋणी मिना चौधरी , संस्थापक सदस्य , जेष्ठ सदस्यलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

    कार्यक्रम बोल्दै मुख्यमन्त्री शाहले सहकारीको नियमन , अनुगमन र सहकारीको विकासका लागि प्रदेश सरकार लाग्ने बताए । कार्यक्रममा बोल्ने वक्ताहरूले संस्था सहकारी संस्थाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # जिल्ला सहकारी संघ कैलाली

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images