Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष सहितको टोली युरोप भ्रमणमा

सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष सहितको टोली युरोप भ्रमणमा

  • समाचार
  • माघ ३, २०८० बुधवार १९:४७ बजे
  • 1.8K
    SHARES
  • सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष सहितको टोली युरोप भ्रमणमा

    धनराज विक (अविरल) माघ ३ पोर्चुगल (युरोप)

    सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष दिपक सिंह ठगुन्ना सहितको एकटोली युरोप भ्रमणमा निस्केको छ । युरोपका विभिन्न देशमा रहेका नेपालीहरु संग भेटघाट गर्ने उद्येश्यले पौष २९ गते माल्टाबाट अध्यक्ष सहितको टोली भ्रमणमा निस्केको हो ।Messenger_creation_16e1537e-9096-48e5-896a-706d864a6775.jpeg

    पौष २९ गते पोर्चुगलको पोर्तो ऐरपोर्टमा उत्रेर पोर्चुगलको राजधानी लेसबोन हुँदै पूर्वको ताबिरा भन्ने ठाउँमा भ्रमण टोली पगेको थियो । भेटघाटमा भेटिएका नेपालीहरुले केहीले पोर्चुगलमा खुसिका साथ बसेको अनुभव सुनाएका थिए भने केहीले लाखौं खर्च गरेर आएपनि ६ महिना देखि काम नपाएर खाली बसेको तितो अनुभव सुनाएका थिए ।Messenger_creation_de1b3f2f-70ac-4b27-810c-201e18f47607.jpeg

    भ्रमणमा रहेका अध्यक्ष ठगुन्नाले युरोपमा पछिल्लो समय नेपालबाट धेरै नेपालीहरु आउने गरेको र काम नपाएका कारण मनोसामाजिक समस्याले भएका आत्महत्याका घटनाप्रति सुदूरपश्चिम सेवा समाज माल्टाको ध्यानाकर्षण भएको बताए । उनले भने,“ भ्रमण टोलीमा सुदूरपश्चिम सेवा समाज माल्टाका प्रवक्ता एवम् नेपालमा मानसिक स्वास्थ्य, मनोसामाजिक समस्या र आत्महत्या रोकथामको क्षेत्रमा लामो समय काम गरेका मनोसामाजिक परामर्शकर्ता धनराज बिक (अविरल) पनि साथमा रहेकोले आवश्यकता अनुसार मनोसामाजिक समस्या भएका व्यक्तिलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिने छ ।”Messenger_creation_5044f8f8-409d-4b06-aa97-a538c7651009.jpeg

    युरोपमा रहेका नेपालीको मानसिक स्वास्थ्य र मनोसामाजिक समस्याको अवस्था बारे बुझ्न भ्रमण थालिएको सुदूरपश्चिम सेवा समाज माल्टाका प्रवक्ता धनराज विक (अविरल) ले बताए । नेपालीहरुको भोगाई सुन्दा निकै दुःख लागेर आयो । पछिल्लो समयमा युरोपको पोर्चुगलमा आएका धेरै नेपालीले काम नपाएर मानसिक स्वास्थ्यको अवस्था ठिक नभएको भोगाई सुनाएका थिए । मानसिक स्वास्थ्य र मनोसामाजिक समस्यामा सहयोग पुग्ने गरी सबै मिलेर काम गर्न आवश्यक देखिएको अविरलले बताए ।Messenger_creation_25ced7b7-5dd2-4025-a730-9841a4ae9dd6.jpeg

    युरोपको पोर्चुगल, स्पेन, फ्रान्स र ईटाली लगायतका देशहरुमा भ्रमण गरी नेपालीहरुसंग भेटेर मानसिक स्वास्थ्य अवसथाको बारे छलफल गर्ने राजेन्द्र ठगुन्नाले बताए । उनले भने, “नेपालीहरु संग भेटभयो भेटिएका धेरैले काम नपाएर तनावमा रहेको अनुभव सुनाएका थिए । त्यस्तो अनुभव सुन्दा मलाई निकै दुःख लागेको छ ।” सरकारले विदेशमा रहेका नेपालीको मानव अधिकारको रक्षाको लागि अभिभावकीय भूमिका खेल्नु पर्दछ ।

    भ्रमणमै रहेकी दीपा कार्कीले पोर्चुगल आफूलाई निकै सुन्दर लागेको बताउँदै पोर्चुगल देखेर नेपालकै झल्को आएको बताईन् । यो देशको सिस्टम र नागरिकको अनुशासन मलाई राम्रो लाग्यो । सिस्टममा सबै चल्ने हो भने नेपाल पनि विश्वमै नमुना देश बन्न सक्ने उनले बताईन् । भ्रमण सहज होस् भन्नका लागि नेपालको कञ्चनपुर झलारी घरभई हाल पोर्चुगलको लुज ताभिराको भालेपोतमा बस्दै आएका चक्र ठगुन्नाले आफूले चड्ने कार समेत दिएर सहयोग गरेका छन् ।

    मंगलबार भएको नेपाली संगको छलफलमा नेपालबाट युरोप आउँदा धेरै ठूलो सपना देखेर लाखौं खर्च गरेर आएपनि ६ महिना देखि काम नपाएर खाली बस्दा तनावमा रहेको दुखेसो पोखेका थिए । अझैकति समयसम्म खाली बस्नुपर्ने हो केही थाहा नभएको भन्दै मनोसामाजिक समस्यामा रहेको उनीहरुले बताएका थिए । नेपालमा रहेका परिवारले पनि साहुको ऋणको तनाव झेल्नु परेको अनुभव भावुक हुँदै सुनाएका थिए ।

  • सम्बन्धित विषय:

  • # माल्टा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images