कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ स्थित अमरावती सामुदायिक वन उपभोक्ता समूहको वन भित्र सिकारीले थापेको पासोमा परेर पाटे बाघ मृत अवस्थामा फेला परेको छ।
आज (आइतवार ) स्थानीयले पासोमा परेर मृत अवस्थामा बाघ भेट्टाएका हुन्। मृत बाघको थप अनुसन्धानका लागि वन अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेका बताइएको छ।



