देवानन्द न्यौपाने लम्की/ माघ ९
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय विपद व्यवस्थापन विभागको सहकार्यमा कैलाली जिल्ला शाखाद्वारा संचालित " विपद व्यवस्थापन सबलताका लागि सहकार्य " कार्यक्रमको आयोजनामा विपद प्रतिकार्य र पुर्वानुमान पश्चात् गरिने कार्यक्रममा सामाजिक प्रणालीको प्रयोग सम्बन्धि दुई दिने कार्यशाला गोष्टि आज मंगलबार कैलालीको चिसापानीमा सम्पन्न भएको छ ।
डेनिस रेडक्रसको सहयोगमा कैलाली, कंचनपुर र बर्दिया जिल्लामा संचालित कार्यक्रम अन्तर्गत कार्यशाला गोष्ठीमा कैलाली जिल्लाका जानकी गाउँपालिका र टीकापुर नगरपालिका र कंचनपुर जिल्लाका लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकाका विपद व्यवस्थापन समिति संयोजक, सामाजिक विकास समिति संयोजक , विपद सम्पर्क व्यक्ति, महिला बालबालिका शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख, सुचना अधिकृत नेपाल रेडक्रस सोसाइटीका कर्मचारी गरि २५ जनाको सहभागिता रहेको थियो ।
गोष्ठीमा मौसम पुर्वानुमानमा आधारित गर्ने पुर्व कार्यक्रमलाई विद्यमान सामाजिक सुरक्षा संग जोडदै विपद जोखिम न्यूनीकरणका लागि के कस्ता गतिविधि संचालन गर्न सकिन्छ , सामाजिक सुरक्षामा विपदलाई कसरी उत्तरदायी बानाउने , तथ्यांकलाई कसरी सुरक्षित गर्ने यस वर्षको बाढीलाई मध्यनजर गर्दै नगद प्रवाहलाई एकीकृत रुपमा कसरी संचालन गर्ने विषयमा सहजीकरण गरिएको विपद प्रतिकार्य र पुर्वानुमान पश्चात् गरिने कार्यक्रममा सामाजिक प्रणालीको प्रयोग कार्यक्रमका कार्यक्रम अधिकृत मुकेशचन्द्र गौतमले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका विपद व्यवस्थापन विभागका उपनिर्देशक रुद्रनारायण अधिकारी, डेनिस रेडक्रसका अलिना कार्की , नेपाल सरकार स्वास्थ्य विभागका डाक्टर रिनेश अधिकारी लगायतकाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको समापन नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सदस्य एक बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाले गर्नुभएको थियो।



