Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सेवक नेपालद्वारा लम्कीमा सामाजिक लेखा परिक्षण कार्यक्रम

सेवक नेपालद्वारा लम्कीमा सामाजिक लेखा परिक्षण कार्यक्रम

  • समाचार
  • माघ १०, २०८० बुधवार १९:०४ बजे
  • 1.1K
    SHARES
  • सेवक नेपालद्वारा लम्कीमा सामाजिक लेखा परिक्षण कार्यक्रम

    रंग तिमिल्सैना लम्की /  माघ १०

    कैलाली जिल्लाको लम्कीमा बुधबार (आज ) सेवक नेपाल कैलालीको आयोजनामा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । सेवक नेपाल कैलालीको आयोजना तथा गुड नेवर्स इन्टरनेशनल नेपाल कैलालीको आर्थिक तथा प्राविधिक सहयोगमा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको हो । गुड नेवर्स इन्टरनेशनल नेपाल कैलालीको आर्थिक तथा प्राविधिक सहयोगमा सेवक नेपाल कैलालीद्वारा सन २०२३ मा एकीकृत सामुदायिक विकास परियोजना मार्फत कैलाली जिल्लामा संचालित कार्यक्रमको लक्ष्य तथा उपलब्धिका साथै खर्च रकमका विषयमा जानकारी दिने उदेश्यले सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरिएको गुड नेवर्स इन्टरनेशनल नेपाल कैलालीका जिल्ला संयोजक रन्जित चौधरीले जानकारी दिनुभएको छ ।Messenger_creation_dee8d464-193b-4d38-886c-96f182119ad1.jpeg

    परियोजना व्यवस्थापन समिति संयोजक रमिता साउदको सभाध्यक्षतामा भएको कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नेत्रप्रसाद खनाल  प्रमुख अतिथि  र लम्कीचुहा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गौरीकान्त न्यौपाने विशिष्ट अतिथि  रहनुभएको थियो । कार्यक्रममा सेवक नेपाल कैलालीका एकीकृत सामुदायिक विकास परियोजनाका परियोजना अधिकृत  प्रेमकुमार चौधरीले परियोजनाको सन २०२३ मा सम्पन्न गरिएका गतिविधि तथा सन २२४ मा परियोजनाद्वारा प्रस्तावित कार्यक्रमका बारेमा प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।

    एकीकृत सामुदायिक विकास परियोजना मार्फत सन् २०२३ मा कैलाली जिल्लाको टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी र बर्दगोरिया गाउँपालिकामा परियोजनाले १ करोड ५५ लाख ५३ हजार एकसय त्रिसट्ठी रुपैयाँ बराबरको बजेट खर्च भएको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा सहभागीहरुले कार्यक्रमको प्रभावकारिता, दिगोपना, पारदर्शीता, सुशासन, सामग्रीको उपलब्धता र सामाग्रीको गुणस्तरका विषयमा जिज्ञासा राखेका थिए ।

    गुड नेवर्स इन्टरनेशनल नेपाल कैलालीका जिल्ला संयोजक रन्जित चौधरीले स्वागत तथा कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु भएको कार्यक्रममा पालिकाका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, सहकारी समुहका प्रतिनिधि , बाल क्लब तथा संजालका प्रतिनिधि, स्पोन्सर बालबालिका गरि करिब ४० जना सरोकारवालाको सहभागिता रहेको थियो ।

    कार्यक्रमको सहजीकरण पत्रकार, बाल अधिकारकर्मी एवं नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाले गर्नुभएको थियो ।

  • सम्बन्धित विषय:

  • # सेवक नेपाल

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images