Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सुदूरपश्चिम सेवा समाज माल्टाले गर्‍यो उपाध्यक्षलाई कार्वाही

सुदूरपश्चिम सेवा समाज माल्टाले गर्‍यो उपाध्यक्षलाई कार्वाही

  • समाचार
  • माघ १३, २०८० शनिवार २२:३४ बजे
  • 898
    SHARES
  • सुदूरपश्चिम सेवा समाज माल्टाले गर्‍यो उपाध्यक्षलाई कार्वाही

    संवाददाता / पलपल अनलाइन मिडिया 

    सुदूरपश्चिम सेवा समाज माल्टाका वरिष्ठ उपाध्यक्ष जनक बहादुर कुँवरलाई कार्वाही गरिएको छ । पदिय मर्यादा र संस्थाको विधान बिपरीतका कार्यहरु पटकपटक गर्दै आएकोेले विधान बमोजिम कारबाही गरिएको अध्यक्ष दिपक सिंह ठगुन्नाले बताएका छन् ।Messenger_creation_5e3b65f0-7bd9-41a8-b875-7370376bbeb4.jpeg

    संस्थामा बिचलन ल्याउने उद्येश्यले संस्था र संस्थाका जिम्मेवार व्यक्तिका बारेमा कपोकल्पित र भ्रमित कुराहरु जथाभावी लेख्न र बोल्न थालेपछि २०८० साल माघ ११ गतेका दिन आकस्मिक रुपमा बैठक बसेको समाजका महासचिव शिव बिक (शिशिर) ले जानकारी दिएका छन् ।

    पटकपटक संस्थाको हित बिपरीतका कार्य गरेको र सुधार गर्ने मौका दिदापनि संस्थाको प्राटोकल र प्रक्रियालाई मिचेको बैठकमा सहभागी सबैले आआफ्नो विचार राखेका थिए । संस्थालाई धराशय बनाउने गरी नै बरिष्ठ उपाध्यक्ष लागि परेकोले नैतिकताले पनि पदमा बस्न नमिल्ने गरी गतिबिधि गर्दै आएकोले सुदूरपश्चिम सेवा समाज माल्टाको विधानको परिच्छेद ३ को धारा ९ को खण्ड (घ) र (ङ) मा रहि संस्थाको साधारण सदस्य समेत नरहने निर्णय गर्दै वरिष्ठ उपाध्यक्ष पदबाट निस्कासन गरिएको समाजका अध्यक्ष ठगुन्नाले बताए ।

    अध्यक्ष ठगुन्नाले भने – “कारबाही गरेर निस्कासित गरिएका व्यक्तिबाट लेखिएका झुट र भ्रमित कुराहरु संस्थाको आधिकारिक नहुने र त्यस्ता भ्रमित कुराको संस्था जवाफदेही नभई निज व्यक्ति नै जिम्मेवार र जवाफदेही हुने सम्पूर्णमा जानकारी गराउँदछौं ।”

    संस्थामा नकारात्मक असर पर्नेगरी बरिष्ठ उपाध्यक्षको नाम जोडेर साँस्कृतिक बिचलनका बारेमा सुदूरपश्चिम सेवा माल्टाका जिम्मेवार व्यक्तिहरुलाई संस्था स्थापनाकाल देखि नै केही व्यक्तिहरुले निरन्तर उपाध्यक्षका बारेमा रिपोर्ट गर्दै आएका थिए । संस्थाका बरिष्ठ उपाध्यक्षको पदिय मर्यादाको सम्मान गर्दै व्यक्तिगत जीवनको मामिला माथि संस्थागत रुपमा छलफल गर्न आवश्यक नठानेर संस्था मौन बसेको कोषाध्यक्ष दिनेश नागरीले बताए ।

    तर, समाजका वरिष्ठ उपाध्यक्ष स्वयम् कुँवरले नै यस विषयलाई सार्वजनिक गरी संस्थामा संकट निमत्याउने मनशायले संस्था र संस्थाका जिम्मेवार व्यक्तिका बारेमा कपोकल्पित र भ्रमित कुराहरु संस्थाकै पेजको दुरुपपयोग गरी जथाभावी लेख्न र बोल्न थालेपछि संस्थाको हितको लागि विधान बमोजिम कारबाही गर्नुको अर्को कुनै विकल्प नरहेको उनी बताउछन् ।

    समाजका सल्लाहकार संयोजक नरेन्द्र बहादुर पाण्डे र सल्लाहकार सदस्य बलदेव भण्डारीले संस्थाको हित बिपरितका कार्य कसैले पनि गर्न नुहने भन्दै विधानलाई मानेर सबैले काम गर्नुपर्नेमा जोड दिए । तर बरिष्ठ उपाध्यक्षले विधान र पदिय मर्यादा बिपरित गएर काम गरेकाले समाजलाई जोगाउनकै लागि निस्कासन गर्नु परेको उनीहरुले बताए ।

  • सम्बन्धित विषय:

  • # माल्टा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images