Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

“ह्याप्पी होलिडेज पोर्चुगलमा स्वागत छ यहाँलाई”

“ह्याप्पी होलिडेज पोर्चुगलमा स्वागत छ यहाँलाई”

  • समाचार
  • माघ २०, २०८० शनिवार २१:१४ बजे
  • 1.8K
    SHARES
  • “ह्याप्पी होलिडेज पोर्चुगलमा स्वागत छ यहाँलाई”

    धनराज विक (अविरल) 

    पोर्चुगलको राजधानी लिस्बोनमा नेपालीले संचालन गरेको ह्रयाप्पी होलिडेजको कार्यालय छ । ह्रयाप्पी होलिडेजका कार्यालयका प्रमुख र कर्मचारीले स्वागत छ यहाँलाई भन्दै गरिने व्यवहारले जोसुकैको पनि मन छुने गरेको छ ।Messenger_creation_b37ed8ba-40e9-45ac-acbf-6218565005c0.jpeg

    नेपाल बुटवल घर भएका ह्रयाप्पी होलिडेज टुर एण्ड ट्राभल्स कम्पनीका संचालक बिजय खत्रीले व्यवसाय संगै पोर्चुगलमा नेपाललाई चिनाउन र नेपालीले दुःख नपाउन भन्ने उद्देश्यले नै कम्पनी संचालन गरी सेवा दिदै आएको बताए । कम्पनीमा केही नेपालीलाई रोजगार दिएको र थप सेवा बिस्तार गरी अझैं केही नेपालीलाई रोजगार दिने गरी काम बिस्तार गर्न लागेको खत्रीले बताए ।

    धेरै नेपालीहरु सुचनाको बारेमा जान्न र बुझ्नको लागि आउनुहुन्छ । हामीले थाहा पाएको सुचना बताउदै आएका छौं । समस्यामा परेका नेपालीहरुको डकुमेन्ट लगायतका काममा आवश्यक सहयोग गर्ने गरेको उनी बताउँछन् ।

    काम विशेषले कार्यालयमा पुगेका नेपाल प्यूठान घरभई हाल पोर्चुगलमा बस्दै पत्रकारिता समेत गर्दै आएका दिपक भण्डारीले ह्रयाप्पी होलिडेजले राम्रो सेवा दिदै आएको बताए । नेपाली होस् या अन्य देशका नागरिक जो आएपनि सुचना दिने र आवश्यक डकुमेन्टका काममा पनि सघाउने गरेको भण्डारी बताउँछन् । मैलेपनि धेरै सेवा लिएको छु उहाँहरुले दिने सेवा र सेवागा्रहीलाई स्वागत गर्दै गरिने व्यवहार मलाई निकै राम्रो लाग्यो ।

    नेपालको दाङ घर भएका शरद शर्मा पोर्चुगल आएको तीन महिना भयो । उनीपनि ह्रयाप्पी होलिडेज टुर एण्ड ट्राभल्स कम्पनीमा काम गरी रहेकाछन् । नेपालीले नै संचालन गरेको कम्पनीमा काम गर्न पाउँदा निकै खुसी लागेको शर्माले बताए । १५ बर्ष ट्रेकिङ र टुरिजममा काम गरेका शर्मा नेपालमा पर्यटन प्रवद्धनलाई जोड दिने गरी लागि परेका छन् ।

    नेपालको संस्कृति झल्काउने सामाग्रीहरु अन्य देशका नागरिकलाई उपहार दिएर नेपाल सगमाथा र बुद्धको देश भनि चिनाउदै प्रर्यटनको सम्भावनाको बारेमा उनले बताउने गरेकाछन् । नेपाललाई चिनाउन साईकल मार्फत जर्मन, फ्रान्स, नेदरल्याण्ड, डेनमार्क, स्पेन, चाईना, दुबई लगायतका २० वटा देशमा शर्माले भ्रमण गरी सकेका छन् ।

    आफूले काम गर्ने कम्पनीले सुचना तथा जानकारी दिने, एसएनएस नम्बर लिने, युरोप सिभि बनाउने, डकुमेन्ट प्रिन्ट गर्ने, कामका लागि दरखास्त अपलाई गरिदिने, रुपैया ट्रान्सफर गर्ने, प्रहरी रिपोर्टका लागि उपलाई गर्नुका साथै हवाई टिकट समेतको सेवादिने गरेको शर्माले बताए ।

  • सम्बन्धित विषय:

  • # माल्टा
  • # युरोप

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images