नेपाल यातायात मजदुर संघको लम्कीचुहा नगरपालिकाको भेला शनिबार लम्कीमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष जंग श्रीमालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पुर्व केन्द्रीय सदस्य एवं लम्कीचुहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष लव बहादुर शाही रहेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिमा केन्द्रीय उपाध्यक्ष शान्ती भट्ट , प्रदेश अध्यक्ष केशराज पन्त रहेका थिए । कार्यक्रममा वडा सदस्य राम बहादुर चलाउने , केन्द्रीय सदस्य मिनराज जोशी , प्रदेश कोषाध्यक्ष कृष्ण गिरी , जिल्ला सचिव दमनसिंह , रिभर साइड यातायात प्रालिका कार्यालय प्रमुख चन्द्र प्रसाद आचार्य लगायत अटो, बस , बसपार्कमा कार्यरत यातायात क्षेत्रमा संलग्न मजदुरहरूको सहभागीता रहेको थियो ।
भेलाबाट चन्द्र प्रसाद आचार्यको अध्यक्षतामा इकाई समिति समेत गठन गरिएको छ । जसको उपाध्यक्षमा खगेन्द्र केसी , सचिव कमल ढुंगाना , सहसचिव तारा विक , कोषाध्यक्ष अक्कल रावल सदस्यहरूमा कमल श्रेष्ठ , आनन्द राज शाही , प्रेम बहादुर आले , भक्त राज न्यौपाने , छवि न्यौपाने र जग्गी शाही रहेका छन् ।



