Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

निशुल्क स्वास्थ्य शिविरमा करिब ३ सय ५० जनाले सेवा लिए

निशुल्क स्वास्थ्य शिविरमा करिब ३ सय ५० जनाले सेवा लिए

  • समाचार
  • माघ २७, २०८० शनिवार २१:०९ बजे
  • 2.3K
    SHARES
  • निशुल्क स्वास्थ्य शिविरमा करिब ३ सय ५० जनाले सेवा लिए

    पदमराज स्मृति प्रतिष्ठानको आयोजनामा कैलालीको जानकी गाउँपालिका वडा नं २ खैरेनीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न शनिबार भएको छ । पदमराज स्मृति प्रतिष्ठानका अध्यक्ष रघुराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष चक्र बहादुर बिष्ट रहनु भएको थियो ।Videoshot_20240210_211216.jpgIMG-20240210-WA0035.jpg

    नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष हंशराज जोशी , सदस्य तर्कराज उपाध्याय , वडा सदस्य चित्रा कुमारी चौधरी , शान्तिदेवी कामी , योगेन्द्र बम , मदन प्रसाद चौलागाईं , फिजिसियन डाक्टर सन्देश पण्डित , स्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर संजय कुमार दास , अर्थोपेडिक डाक्टर गिरीराज भट्टराई , प्रतिष्ठानका सहसचिव खेमराज शर्मा , नेपाली कांग्रेस जानकी गाउँ कार्य समितिका सभापति गणेशराज रेग्मी , जानकी नगर स्वास्थ्य चौकीका प्रमुख शंकर प्रसाद शर्मा , समाजसेवी अनन्तराज रेग्मी , जानकी गाउँपालिका वडा नं २ का सहायक कर्मचारी परमभक्त जोशी लगायत समाजसेवी , बुद्धिजीवी स्थानीय अगुवाहरूको सहभागीता रहेको थियो ।Videoshot_20240210_211312.jpg

    प्रतिष्ठानका सदस्य तर्कराज उपाध्यायको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन गणेशराज रेग्मीले गर्नु भएको थियो ।Videoshot_20240210_211347.jpg

    निशुल्क स्वास्थ्य शिविरमा करिब ३ सय ५० जनाले सेवा लिएका वडा अध्यक्ष चक्र बहादुर बिष्टले जानकारी दिनु भएको छ । पदमराज स्मृति प्रतिष्ठानले कैलाली , डोटी लगायतका स्थानीय पालिकामा सेवा दिँदै आएको छ ।Videoshot_20240210_211331.jpg

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images