Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली संस्कृति झल्काउदै तामाङ समाजले मनायो सोनाम ल्होछार पर्व

नेपाली संस्कृति झल्काउदै तामाङ समाजले मनायो सोनाम ल्होछार पर्व

  • समाचार
  • माघ २९, २०८० सोमवार १९:३६ बजे
  • 1.0K
    SHARES
  • नेपाली संस्कृति झल्काउदै तामाङ समाजले  मनायो सोनाम ल्होछार पर्व

    धनराज विक (अविरल)माघ २९ माल्टा (युरोप)

    युरोप माल्टाको राजधानी भेलेटा नजिकै रहेको पेम्ब्रोक भन्ने सहरमा तामाङ समाज माल्टा सोनाम ल्होछार लाई पर्वका् रुपमा मनाउने तयारीमा जुटेको थियो । माघ २७ गते शनिबारका दिन २८६० औं सोनाम ल्होछारलाई पर्वको रुपमा मनाउन माल्टाको विभिन्न स्थानमा बस्दै आएका तामाङ समुदाय आफ्नो मौलिक पहिचान झल्काउने पहिरन लगाएर कार्यक्रम स्थलतर्फ आईरहेका थिए ।Messenger_creation_5f82a641-43dd-419a-adac-db9e90371489.jpeg

    (तामाङ गैलो) तामाङ समाजको पहिरनमा सजिसजावट भएर आइरहेका तामाङ समुदायले माल्टामा बस्ने देश विदेशका सबैको ध्यानाकर्षण गराएका थिए । रोचकत के थियो भने सोनाम ल्होछार पर्व मनाउन आएका अन्य समुदायका धेरैजसो नेपाली पनि तामाङ पहिरन लगाएर कार्यक्रममा सहभागी भएका थिए ।

    कार्यक्रमका आएका अतिथिहरुलाई तामाङ समाज माल्टाले हार्दिकताका साथ स्वागत गरि रहेको थियो । तामाङ समाज माल्टाका महासचिब छेसाङ लोपचन (असिम) र सांस्कृतिक विभाग प्रमुख छिरिङ लामाले नमस्कार गर्दै आगन्तुकलाई स्वागत गरि रहेका थिए । कार्यक्रम स्थल निकै रोचक र आकर्षक देखिन्थ्यो ।Messenger_creation_27f10e3e-4b55-405d-bbfd-514368135e52.jpeg

    कामको व्यस्तता र थकानलाई बिर्सेर एकआपसमा नेपालीहरुले आत्मियता आदानप्रदान गर्दै प्रेम साँटासाँट गरि रहेको देख्न सकिन्थ्यो । सन्चो बिसन्चो बारे सोध्दै सुखदुःखका आनन्दले कुरा गरी रहेका थिए । माल्टामा पनि नेपाल चिनाउने काम गरेको भन्दै तामाङ समाज माल्टाको कामगर्ने शैली, सामाजिक एकता र मेलमिलापको सबैले प्रशंसा गरेका थिए ।Messenger_creation_560956bb-f838-4ee7-afb7-e4ee17fc18e5.jpeg

    कार्यक्रममा तामाङ समाज माल्टाकी केन्द्रिय सदस्य डोल्मा लामाको भूमिका निकै महत्वपूर्ण देखिन्थ्यो । हामो संस्कृति हामीले नै जोगाउनुपर्छ भन्दै आफ्नो मौलिक पहिचान संरक्षण गरेर देश विदेशमा चिनाउनु पर्ने उनी सन्देश दिदै थिईन् । पहिरन लगाएर आएकाहरुको पहिरन मिलाउँदै लगाउने तरिका समेत लामाले सिकाई रहेकी थिईन् ।

    तामाङ पहिरनमै सजिएर गएका सुदूरपश्चिम घरभई हाल सुदूरपश्चिम सेवा समाज माल्टाका सदस्य समेत रहेका सुमित महराले सामाजिक सद्भाव र एकताको लागि तामाङ पहिरन लगाएर नै आफू कार्यक्रममा आएको बताए । माल्टामा रहेका धेरै नेपालीको कार्यक्रममा सक्रिय उपस्थिति देख्दा निकै खुसी लागेको अनुभव सुनाउँदै तामाङ समाजको संस्कृतिले नेपाल चिनाउने काम भएको उनले बताए ।Messenger_creation_b960e270-2158-41b9-abdc-3aead0f52fc5.jpeg

    तामाङ समाज माल्टाका महासचिब छेसाङ लोपचन (अशिम) ले औपचारिक कार्यक्रम संचालन गरे । परिवर्तनका लागि बलिदान दिएका दिएका ज्ञातअज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गर्दै नेपाली राष्ट्रिय गानमा सरिक भएर देशप्रति सम्मान प्रकट गरिएको थियो । गौतम बुद्धको मुर्तिलाई अगाडी राखेर दीप प्रज्वलन गरी औपचारिक रुपमा एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले कार्यक्रमको उद्घाटन गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खनालले तामाङ समाज माल्टाले आफ्नो संस्कृति झल्काएर माल्टामा नेपाललाई चिनाउने काम गरेको बताउँदै तामाङ समाजको प्रशंसा गरेका थिए । एकले अर्काको संस्कृतिको सम्मान गर्नुपर्नेमा उनले जोड दिएका थिए ।Messenger_creation_1916241b-4093-4a57-82d0-628cb9807792.jpeg

    कार्यक्रमका विशिष्ट अतिथि एवम् पोर्चुगलबाट आफ्नो प्रस्तुती दिन आएका चर्चित गायक पुष्प वाइबाले आफू युरोप लगायत अन्य थुर्पै देशमा प्रस्तुती दिन गएको र यति ठूलो भब्य र सभ्य रुपमा संचालन गरिएको यो पहिलो कार्यक्रम भएको बताए । सयौं जनाको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा वाइबाले आधा दर्जन गीत गाएका थिए । उनका गीतमा दर्शकहरुले नाँच्दै उर्फीउर्फी हुटिङ गर्दै भरपर मनोरन्जन लिएका थिए । मेरो देश मलाई लाग्छ प्यारो, तामाङ जाती हामी उठौं माथि माथि भन्ने गीत गाउदै स्थानीय कलाकार र एनएमबी र एनएसएम ब्याण्डले तामाङ संगितमा साँस्कृतिक प्रस्तुती दिएका थिए ।Messenger_creation_fa2d9381-fbf7-4594-8e2c-d0808ea55731.jpeg

    तामाङ समाज माल्टाका अध्यक्ष सुनिल तामाङ दोङलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य तामाङ समाजका केन्द्रिय सदस्य सुरज तामाङले राखेका थिए भने कार्यक्रम संचालन संस्थाका महासचिव छेसाङ लोप्चन (अशिम) रबिन तामाङ र शान्ती वाईबाले गरेका थिए ।

    अध्यक्ष सुनिल तामाङ दोङलेले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाइ धन्यवाद् दिए । हामी विश्वको जुनसुकै ठाउँमा भएपनि नेपाली रिती रिवाज चालचलन र कला संस्कृतिको संरक्षण गर्नुपर्ने उनले बताएका थिए । कार्यक्रममा एनसीसी माल्टाका हरी बिसी र उज्वल केसीले शुभकामना मन्तव्य दिदै तामाङ समाज माल्टाले राम्रो काम गरेको बताए ।

  • सम्बन्धित विषय:

  • # माल्टा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images