श्री बाँसघारी प्राथमिक विद्यालय लम्कीचुहा -७ खरौला कैलालीका प्रधानाध्यापक नेत्र बहादुर बटालाले आफ्नो जन्मोत्सवका अवसरमा शैक्षिक सामाग्री विद्यालयका बालबालिकाहरूलाई वितरण गर्नु भएको छ ।

करिब ८५ जना विपन्न , गरिब बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेर जन्मोत्सव मनाएका हुन् । यसभन्दा पहिले पनि जन्मोत्सवका अवसरमा आफ्नो विद्यालयमा रहेका बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गर्दै आएका थिए ।

बटालाले फजुल खर्च गर्नुभन्दा आफू प्रधानाध्यापक रहेको विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री दिएको बताएका छन् ।



