Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बर्दगोरियाको प्रशासनिक भवनको पुर्ब प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने

बर्दगोरियाको प्रशासनिक भवनको पुर्ब प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने

  • समाचार
  • फाल्गुण ५, २०८० शनिवार २१:१२ बजे
  • 853
    SHARES
  • बर्दगोरियाको प्रशासनिक भवनको पुर्ब प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने

    नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्न कैलाली आउने भएका छ्न । पुर्ब प्रधानमन्त्री केपी शर्मा ओली कैलालीमा हुने छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्न फागुन ६ गते कैलाली आउने भएका हुन ।

    ओलीले नेकपा एमाले कैलालीको नवौ जिल्ला अधिवेशनका साथै बर्दगोरिया गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको पनि उपस्थिति हुने गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले जानकारी दिनुभयो ।

    पुर्वप्रधानमन्त्री ओलीले यही फागुन ६ गते १० बजे कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

    उक्त सुबिधा सम्पन्न नव निर्मित प्रशासकीय भवन निर्माण कार्यका लागि श्यामसुन्दर निर्माण सेवा काठमाडौले २०७६ साल श्रावण ५ गते ६ करोड १७ लाख २५ हजार ६ सय ११ रुपैयाँमा सम्झौता गरेर २०८० साल असार २० गते सम्पन्न गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # #kpoli

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images