Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली हिमालय रेष्टुरेन्टमा मिस माल्टाका विजेताले गरे माल्टामा किङ नेवारी खाजाको उद्घाटन

नेपाली हिमालय रेष्टुरेन्टमा मिस माल्टाका विजेताले गरे माल्टामा किङ नेवारी खाजाको उद्घाटन

  • समाचार
  • फाल्गुण १०, २०८० बिहिवार १९:३० बजे
  • 1.3K
    SHARES
  • नेपाली हिमालय रेष्टुरेन्टमा मिस माल्टाका विजेताले गरे माल्टामा किङ नेवारी खाजाको उद्घाटन

    धनराज विक (अविरल) फागुन १० माल्टा (युरोप)

    युरोपको माल्टामा नेपालीले संचालन गरेको हिमालय रेस्टुरेन्टमा मिस माल्टाका विजेताहरुले किङ नेवारी खाजा सेटको उद्घाटन गरेकाछन् । डीएस राणाले माल्टाको बुजिब्बा भन्ने सहरमा संचालन गरेको रेस्टुरेन्टमा बुधबार मिस माल्टा २०२३ का विजेताहरुले नेपाली किङ नेवारी खाजा सेटको उद्घाटन गरेकाहुन् ।Messenger_creation_4e24236a-67bc-4451-b269-92e572a4315b.jpeg

    मिस माल्टाका विजेता सरिस स्पेटेरी, मिस माल्टाका टप ५ रनरअप कृश्स्यन बोर्च, सनिस बोर्च, एलेक्स्सिया कुचारिया, लेक्सिन फरुजा, एसमिन एटुरल र करोलिना बोर्दियानले संयुक्त रुपमा नेपाली किङ नेवारी खाजासेटको खाएर उद्घाटन गरेका थिए । किङ नेवारी खाजासेट स्वादिष्ट रहेको भन्दै माल्टामा हिमालय रेस्टुरेन्टले नेपाली मौलिकताको खानाको परिकारले स्वागत गरेकोले खुसी लागेको उनीहरुले बताए । मिस माल्टाका विजेताबाट नेपाली किङ नेवारी खाजा सेटको उद्घाटन गर्न लगाएकोले माल्टावासी र नेपाली बीचको सुमधुर सम्बन्ध स्थापित भएर जाने मिस माल्टाका विजेता सरिस स्पेटेरीले बताईन् ।Messenger_creation_5f21e6b0-54b3-4407-9cef-4f09b147e280.jpeg

    मिस माल्टाका विजेता संगै सहभागी भएका नेपाली कोरियोग्राफर सुजित बस्यालले हिमालय रेस्टुरेन्टका सञ्चालक डीएस राणाले मिस माल्टाका विजेतालाई बोलाएर नेपाली खानाको परिकार उद्घाटन गर्न लगाएर धेरै राम्रो काम गरेको बताए । मिस माल्टाका विजेताहरुले आफूलाई सम्झेर संगै कार्यक्रममा बोलाएकोले बस्यालले मिस माल्टाको टिमलाई धन्यवाद् समेत दिएका थिए । उनले भने, “ मिस माल्टाको विजेताहरुलाई २०२४ मा नेपाल भ्रमण गराउने तयारी समेत भई रहेको छ ।”Messenger_creation_260f48a9-a92b-4136-b863-b51a90ad9cd0.jpeg

    किङ नेवारी खाजासेटको उद्घाटन कार्यक्रम मार्फत नेपालको बारेमा धेरै जानकारी थाहा पाउने मौका दिएकोले हिमालय रेस्टुरेन्टका सञ्चालक डीएस राणा र नेपाली कोरियोग्राफर सुजित बस्याललाई मिस माल्टाका विजेताले धन्यवाद् व्यक्त गरेका थिए । हिमालय रेस्टुरेन्टको ब्राण्ड नेपाली किङ नेवारी खाजासेटको मिठो स्वाद्लिन सकिने मिस माल्टाका विजेताहरुले बताएका छन् ।

    किङ नेवारी खाजासेटको उद्घाटन समारोह कार्यक्रममा माल्टामा व्यवसाय गर्दै आएका नेपाली र माल्टावासी सहभागी भएका थिए । कार्यक्रममा सहभागी भएका सबैले हिमालय रेस्टुरेन्टका सञ्चालक डीएस राणाको व्यवसायिक र सामाजिक कामको प्रशंसा गर्दै किङ नेवारी खाजासेट स्वादिष्ट रहेको बताए । यस्ता खानाको परिकारले माल्टामा नेपाली मौलिकता र पहिचान झल्किने उनीहरुले बताएका थिए ।

    माल्टा नेपाल अन्लाईनका सम्पादक एव्म तामाङ समाज माल्टाका महासचिब छेसाङ लोपचन (अशिम) ले मिस माल्टाका विजेताहरुले नेपाली किङ नेवारी खाजासेट मन पराएको बताए । उनीहरुले नेपाली खाजाको स्वाद राम्रो रहेको भन्दै माल्टामा नेपाली खाना र खाजाको माल्टावासी लगायत माल्टामा रहेका अन्य देशका नागरिकले पनि एकपटक स्वाद लिनुपर्ने बताए । माल्टामा हिमालय रेस्टुरेन्टका सञ्चालक डीएस राणाले मिस माल्टाका विजेतालाई बोलाई नेपाली खाजा खुवाएर राम्रो काम गरेको भन्दै नेपाल चिनाउने समेत कामको सुरुवात गरेको उनले बताए ।

    नेपालको धादिङ घर भएका सञ्चालक डीएस राणाले केही समय अगाडी देखि माल्टामा हिमालय रेस्टुरेन्ट संचानमा ल्याएकाछन् । केही नेपालीलाई रोजगार समेत दिएका राणाले आफ्नो रेस्टुरेन्टमा आएर किङ नेवारी खाजासेटको उद्घाट गर्ने मिस माल्टाका विजेता लगायत सहभागी पाहुनाहरुलाई धन्यवाद् दिएकाछन् । युरोपको माल्टामा नेपाली खानाको स्वाद दिदै नेपाली खाना र नास्ताले नेपाल चिनाउने काम गर्न सकिने उनले बताए । राणाले माल्टामा हेल्पलाईन समेत संचालन गरेर आम्दानीको केही हिस्सा समस्यामा परेका दुःखी असहायलाई सहयोग गर्दै सामाजिक र मानविय सेवाको काम समेत गर्दै आएकाछन् ।

  • सम्बन्धित विषय:

  • # माल्टा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images