Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रधानमन्त्री दैवि प्रकोप कोषमा २० लाख रुपैयाँ हस्तान्तरण

प्रधानमन्त्री दैवि प्रकोप कोषमा २० लाख रुपैयाँ हस्तान्तरण

  • समाचार
  • फाल्गुण १२, २०८० शनिवार १०:५१ बजे
  • 1.1K
    SHARES
  • प्रधानमन्त्री दैवि प्रकोप कोषमा २० लाख रुपैयाँ हस्तान्तरण

    नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । आज शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर क्यानका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा जम्मा गर्न हस्तान्तरण गरेका हुन् ।

    आईसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गतनेपाल र ओमान बीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम कोषमा सहयोग गरेको क्यानले जनाएको छ ।

    क्यानले गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्याएको भुकम्प पीडितको क्षतिको सहयोगार्थ आईसीसी टी२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमानबीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम बाचा गरे अनुरुप आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको बताएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images