Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
images
images

युरोपको माल्टामा मगर समाजले मनायो ४२ औं मगर एकता दिवस

युरोपको माल्टामा मगर समाजले मनायो ४२ औं मगर एकता दिवस

  • समाचार
  • फाल्गुण १३, २०८० आइतवार २१:३० बजे
  • 874
    SHARES
  • युरोपको माल्टामा मगर समाजले मनायो ४२ औं मगर एकता दिवस

    धनराज विक (अविरल) फागुन १३ माल्टा (युरोप)

    मगर समाज माल्टाले युरोपको माल्टामा ४२ औं मगर एकता दिवस मनाएको छ । शनिबार माल्टाको जिरा भन्ने ठाउँमा भेटघाट तथा साँस्कृतिक कार्यक्रम आयोजना गरी एकता दिवस मनाएको हो ।Messenger_creation_7b7e40b9-1600-4518-9453-ef3be78f535a.jpeg

    कार्यक्रमका प्रमुख अतिथि एवम् गैर आवासीय नेपाली संघ माल्टामा अध्यक्ष रेमलाल खनालले नेपालीहरुले कामको सिलसिलामा विदेशको जुनसुकै ठाउँमा पुगेपनि आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । मगर समाज माल्टाले आफ्नो पहिचान झल्किने गरी मगर पहिरन लगाएर एकता दिवस मनाएकोले माल्टामा पनि नेपाली संस्कृति चिनाउने काम भई रहेको बताए ।Messenger_creation_e122504e-2509-4269-a16d-0402ffb2a0c7.jpeg

    विश्वमा मगरहरुले फागुन १५ गते एकसाथ मनाउने मगर एकता दिवस माल्टामा भने कामको व्यस्तताले गर्दा फागुन १२ गते मनाएको मगर समाज माल्टामा अध्यक्ष रमन थापा मगरले बताए । देश बाहिर रहेर पनि मगर जातीको सभ्यताको संरक्षण गर्नका लागि मगर पहिरनमा साँस्कृतिक कार्यक्रम आयोजना गरी एकता दिवस मनाएको उनले बताए ।

    दिवसको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा नेपालीहरुले गीत गाउँदै नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी भएका नेपाली र विदेशी नागरिकले एकसाथ गीतसंगितमा झुमीझुमी नाँचेर रमाइलो गरेका थिए । कार्यक्रममा सहभागी हुन माल्टाका नेरी व्हिलचेयरमा आएका थिए । नेपाली गीतमा व्हिलचेयरमा बसेर नै कार्यक्रम स्थलमा नाँचेका उनले सबैको ध्यानकेन्द्रित गरेका थिए । नेपाली संस्कृित धेरै राम्रो लागेको नेरीले बताए ।

    सरबियाका नागरिक निलोसले पनि पहिलो पटक नेपाली गीतमा आफू नाँचेको भन्दै नेपाली संस्कृति धेरै राम्रो लागेको बताए । त्यसैगरी फिलिपिन्सका नागरिक मारियोले कार्यक्रममा नेपाली संस्कृति देख्न पाउदा खुसी लागेको बताए । नेपाल स्याङ्जा घरभई हाल गैर आवासीय नेपाली संघ माल्टाका भुतपुर्व महासचिब समेत रहेका रोशन गिरीले आफू मगर समुदायमा हुर्केकोले मगर संस्कार र संस्कृति आफूलाई मनपर्ने बताए ।Messenger_creation_a95c73dd-507b-4bf6-9290-f4adb4391216.jpeg

    मगर पहिरन लगाएर मनाएको एकता दिवस कार्यक्रम सभ्यरुपमा संचालन भएको उनी बताउँछन् । कार्यक्रममा मगर समुदायको खानाको परिकार पनि राखिएको थियो । २० जना मिलेर कार्यक्रमका सहभागीको सहजताको लागि चलाएको व्यवसायमा करिब ३ सय जनालाई पुग्ने खानाको परिकार बनाए पनि कार्यक्रमका सहभागीले खासै नरुचाएको नारायण मगरले बताए ।

    कार्यक्रम सफल पार्न र साँस्कृतिक कार्यक्रममा कला प्रस्तुत गर्नेहरुलाई सम्मान पत्रले सम्मान गरिएको पत्रकार अशिम लोपचनले बताए । संयुक्त रुपमा नृत्य प्रस्तुत गरे वापत आफू सम्मानित भएको छिरिङ लामा र अनिश सुनारले बताए । सबिता थापा मगर र झलक मगरले संचालन गरेको कार्यक्रममा आप्रवासी नेपाली, विदेशी नागरिक र माल्टामा रहेका नेपाली विभन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।Messenger_creation_faf984ce-a123-485d-a5fa-b85d4b1815a1.jpeg

  • सम्बन्धित विषय:

  • # माल्टा
  • # युरोप

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images