Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

चुरे संरक्षण महिला बचत तथा ऋण सहकारीको ७८ लाख स्वरोजगार कर्जा लगानी

चुरे संरक्षण महिला बचत तथा ऋण सहकारीको ७८ लाख स्वरोजगार कर्जा लगानी

  • समाचार
  • फाल्गुण १७, २०८० बिहिवार ०७:०१ बजे
  • 1.1K
    SHARES
  • चुरे संरक्षण महिला बचत तथा ऋण सहकारीको ७८ लाख स्वरोजगार कर्जा लगानी

    कृष्ण थापा फागुन , १६ लम्की

    कैलालीको लम्कीचुहा नगरपालिका वडा न.१ मा रहेको चुरे संरक्षण महिला बचत तथा ऋण सहकारी संस्थाले २९ जना सेयर सदस्यहरूलाई स्वरोजगार कर्जा लगानी गरेको छ । आर्थिक रूपमा विपन्न तथा व्यावसायिक कार्यमा संलग्न रहेका २९ जना सेयर सदस्यहरूलाई स्वरोजगार कर्जा लगानी गरेको हो ।

    वार्षिक ५ प्रतिशत व्याजदरमा लगानी गरेको स्वरोजगार कर्जा मार्फत उत्कृष्ट व्यवसाय गर्न लम्कीचुहा नगरपालिका वडा न.१ का अध्यक्ष नेत्र प्रसाद खनालेले अनुरोध गरेका छन् । अध्यक्ष खनालले पछिल्लो समय सहकारी संस्थाहरूबाट ऋण लिने तर त्यो ऋण नतिर्ने प्रथाको विकास भएकोमा दुख व्यक्त गरेका छन् ।

    चुरे संरक्षण महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रादेवी महतराले सेयर सदस्यहरूले जुन प्रयोजनका लागि सहुलियत पूर्ण स्वरोजगार कर्जा लिएका छन् त्यसको त्यही रूपमा सदुपयोग गर्न अनुरोध गरेकी छन् । सहकारी संस्थाका व्यवस्थापक ज्ञानु बुडथापाले सहकारी संस्थाले सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषबाट ल्याएको ७८ लाख रकम २९ जना सेयर सदस्यहरूलाई वार्षिक ५ प्रतिशत व्यजदरमा लगानी गरेको बताएकी छन् ।

    प्रदेश स्वरोजगार विकास कोषको मापदण्ड अनुसार ९ सय जना सेयर सदस्यहरू मध्येका २९ जना सेयर सदस्यहरूलाई सहुलियत पूर्ण स्वरोजगार कर्जा लगानी गरेको बताएकी छन् ।

    चुरे संरक्षण महिला बचत तथा ऋण सहकारी संस्थाले आर्थिक रूपमा विपन्न महिलाहरूलाई सिलाइ बुनाई तालिम समेत सञ्चालन गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सहकारी

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images