कृष्ण थापा , फागुन १७/ लम्की
कैलालीको घोडाघोडी नगरपालिकामा स्लो बाइक प्रतियोगिताको आयोजना हुने भएको छ । बास नेपाल कैलाली र बास नेपाल घोडाघोडी उपशाखाको आयोजनामा फागुन १९ गते प्रतियोगिता आयोजना हुने भएको हो ।
पछिल्लो समय नेपालमा बढिरहेको सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ स्लो बाइक प्रतियोगिताको आयोजना गर्न लागेको आयोजकले जनाएका छन् ।
स्लो बाइक प्रतियोगितामा प्रथम हुनेले १५ हजार , द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार पुरस्कार पाउने छन ।



