Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लम्कीचुहाका १३ हजार घरधुरीलाई कर्णालीको पानी लम्कीचुहा बासीलाई, आयोजनाको भयो शिलान्यास

लम्कीचुहाका १३ हजार घरधुरीलाई कर्णालीको पानी लम्कीचुहा बासीलाई, आयोजनाको भयो शिलान्यास

  • समाचार
  • फाल्गुण १८, २०८० शुक्रवार १०:५९ बजे
  • 979
    SHARES
  • लम्कीचुहाका १३ हजार घरधुरीलाई कर्णालीको पानी लम्कीचुहा बासीलाई, आयोजनाको भयो शिलान्यास

    कैलालीको लम्कीचुहा नगरपालिकाका १३ हजार घरधुरीलाई कर्णाली नदीको पानी पुग्ने योजनाको शिलान्यास भएको छ ।  लम्कीचुहाका ५ वडामा १३ हजार ७ सय ९५ घरधुरीका ७४ हजार ४ सय ५० व्यक्तिलाई पुग्ने खानेपानी आयोजनाको शिलान्यास आज शुक्रबार लम्कीचुहा–३, बल्चौरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गरेका हुन् ।Messenger_creation_549a4b6f-1960-44c2-bb98-82f34e2bf1cc.jpeg

     १४ करोड ७७ लाख ९५ हजार ६ सय १३ रुपैयाँ २५ पैसा कुल लागत रहेको सम्झौतामा उल्लेख गरिएको छ । लम्कीचुहा सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको निर्माण सम्पन्न ०८२ भदौ ९ मा हुने लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष तेज बहादुर चलाउने जानकारी दिए ।    कुल ९० करोडको परियोजनाको पहिलो चरणमा कर्णाली नदीबाट लिफ्ट प्रविधिबाट पानी तानेर राखिने ५ मिटर जमिन मुनी र ५ मिटर जमिनभन्दा माथि गरि १० मिटरका पाँच वटा इनारको निर्माण हुने छ । त्यससँगै ४ लाख ५० हजार लिटर क्षमता भएको भूमिगत ट्याङ्की पनि निर्माण गरिने छ । Videoshot_20240301_095755.jpg

    निर्माण कम्पनी प्रशंसा कन्स्ट्रक्सनका सञ्चालक दीर्घराज जोशीले जानकारी दिए ।  कर्णाली नदीबाट तानिएको पानीलाई पाइप मार्फत ३ हजार ८ सय मिटर बल्चौरबाट पश्चिमतर्फ९लम्कीतर्फ० ४ लाख ५० हजार लिटर क्षमता भएको अर्को ओभरहेड पठाइने निर्माण कम्पनीका इन्जिनियर मुकेश न्यौपानेले जानकारी दिए ।   १४ करोड ७७ लाख ९५ हजार ६ सय १३ रुपैयाँ २५ पैसाको कुल लागतमा निर्माण हुने पहिलो चरणको आयोजनामा खानेपानी मन्त्रालयको ७० प्रतिशत अर्थात १० करोड ३४ लाख ५६ हजार ९ सय २९ रुपैयाँ २८ पैसा, लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका २५ प्रतिशत ३ करोड, ६९ लाख ४८ हजार, ९ सय ३ रुपैयाँ ३१ पैसा र लम्कीचुहा नगरपालिकाको ७३ लाख ८९ हजार ७ सय ८० रुपैया ६६ पैसाको लगानी रहने लम्की साना सहरी खानेपनी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यालय प्रमुख जगनाथ ढकालले जानकारी दिए ।    

    त्यस्तै अध्यक्ष चलाउनेले लम्कीचुहाका वडा नं। १ र वडा नं। २ मा पूरा तथा लम्कीचुहा वडा नं ३,४ र ५ मा  आशिंक रुपमा २४ सै घण्टा शुद्ध कर्णाली नदीको पानी पुगाउने परियोजना अनुसार यो कार्य भइरहेको बताए । ‘पुरानो प्रविधिका कारण पानीको गुणस्तरमा कमी आएको गुनासो उपभोक्ताबाट आइरहेको थियो । पाइपमा पानी अवरुद्ध हुने समस्या पनि आएको थियो । खानेपानीको निक्कै ठूलो समस्या हुने अवस्थामा हामी पुगेका थियौं, ’ अध्यक्ष चलाउनेले भने, ‘समस्याको पहिचान भएपछि हामी निरन्तर कर्णाली नदीको पानीलाई विकल्पको रुपमा लिदैं परियोजनाको निर्माणको लागि लागि परिरहेका थियौं ।

    निरन्तरको प्रयास र निक्कै मेहनतपछि अब भने लम्कीचुहाका वडा नं १ र वडा नं २ मा पूरा तथा लम्कीचुहा वडा नं ३,४ र ५ मा आशिंक रुपमा २४ सै घण्टा शुद्ध कर्णाली नदीको पानी पुगाउन सकिने कामको सुरुवात भएको छ ।,’  प्रति सेकेन्ड १ सय ८ लिटरका दरले पानी तानेर ४ सय ८५ किलोमिटर नयाँ पाइपलाइन मार्फत कर्णाली नदीको पानी उपभोक्ताका धारासम्म पुग्ने लम्की साना सहरी खानेपाी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ । 

      पहिलो चरण अन्तरगतको १४ करोड ७७ लाख ९५ हजार ६ सय १३ रुपैयाँ २५ पैसा लागत रहेको आयोजनाको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री सहित लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशीला शाही, उप प्रमुख जुना चौधरी लगायतका जनप्रतिनिधि, लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष तेज बहादुर चलाउने कार्यालय प्रमुख जगनाथ ढकाल, निर्माण कम्पनी प्रशंसा कन्स्ट्रक्सनका प्रतिनिधि र स्थानीयहरूको सहभागिता रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images