Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लम्कीचुहा नगरपालिकाको आयोजनामा महिला दिवसका अवसरमा वक्तृत्वकला  प्रतियोगिता सम्पन्न

लम्कीचुहा नगरपालिकाको आयोजनामा महिला दिवसका अवसरमा वक्तृत्वकला  प्रतियोगिता सम्पन्न

  • समाचार
  • फाल्गुण २५, २०८० शुक्रवार १८:५४ बजे
  • 1.5K
    SHARES
  • लम्कीचुहा नगरपालिकाको आयोजनामा महिला दिवसका अवसरमा वक्तृत्वकला  प्रतियोगिता सम्पन्न

    रंगप्रसाद तिमिल्सैना लम्की/ फागुन २५

    एक सय चौधौं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा लम्कीचुहा नगरपालिका नगर कार्यपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा आज शुक्रबार  वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ ।Messenger_creation_23889026-c8b3-4281-940b-5b34abb13368.jpeg

    "महिला सशक्तीकरणमा विद्यार्थीको भुमिका" विषयमा लम्कीचुहा नगरपालिकाका सामुदायिक र संस्थागत गरि १३ विद्यालयको सहभागितामा भएको वक्तृत्वकला प्रतियोगितामा जनसेवा मावि गणेशपुरका छात्रा विद्या ढकालले प्रथम, बालकल्याण मावि भुरुवाका छात्रा उर्मिला ढकालले दोस्रो, सरस्वती मावि कौवापुरका छात्रा ज्योति ढुंगानाले तेस्रो र राष्ट्रिय मावि थापापुरका कविता बडुवालले सान्त्वना स्थान प्राप्त गरेका छन ।Messenger_creation_5cc29c9c-1c7c-468c-b88e-d3fcbe212e48.jpeg

    लम्कीचुहा नगरपालिकाका उप प्रमुख जुना चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख शुशिला शाही रहनुभएको थियो ।Messenger_creation_10ff5cb5-d96e-4dc4-abb6-16c92546f368.jpeg

    कार्यक्रममा लम्कीचुहा नगरपालिका शिक्षा समितिका सदस्य गजेन्द्र शाही, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति एवम् बालकल्याण मावि भुरुवाका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैना, शिक्षा समिति सदस्य निर्मला पोखरेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद जोशी, नगर प्रमुखका सचिवालय प्रमुख लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।Messenger_creation_05841b80-dbeb-403e-8f46-e81bb2dd6a4f.jpeg

    कार्यक्रममा नगर कार्यपालिका सदस्य , सचिवालय प्रमुख, नगर सभा सदस्य,   कर्मचारी , शिक्षक, विद्यार्थी लगायतकाको सहभागिता रहेको थियो ।Messenger_creation_6cfc02a0-4b18-4046-a821-61161edcda79.jpeg

    कार्यक्रममा लम्कीचुहा नगरपालिकाभित्रका १० जना कृषि पेशा व्यवसाय गर्दै आउनुभएका उद्यमी महिलाहरुलाई समेत सम्मान  गरिएको थियो ।

    लम्कीचुहा नगरपालिका रोजगार सहायक राधा बजगाईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन कृषि शाखामा कार्यरत नम्रता अधिकारीले गर्नुभएको थियो । "महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी" भन्ने मुल नारा सहित संसारभर आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images