Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रवासी नेपाली मञ्चको अध्यक्षमा बाबु अर्याल निर्वाचित

प्रवासी नेपाली मञ्चको अध्यक्षमा बाबु अर्याल निर्वाचित

  • समाचार
  • चैत्र ८, २०८० बिहिवार १४:१४ बजे
  • 2.1K
    SHARES
  • प्रवासी नेपाली मञ्चको अध्यक्षमा बाबु अर्याल निर्वाचित

    धनराज विक (अविरल) ७ (युरोप)

    प्रवासी नेपाली मञ्च माल्टाको दोस्रो राष्ट्रिय अधिवेशन माल्टामा सम्पन्न भएको छ । राजु अर्याल (बाबु) लाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दै चैत्र ४ गते (मार्च १७ तारीख) का दिन अधिवेशन सम्पन्न भएको हो ।

    अधिवेशनका प्रमुख अतिथि, नेकपा एमालेका केन्दि«य सदस्य एवम् प्रवास इन्चार्ज डाक्टर राजन भट्टराईले प्रवासीको हक अधिकारका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताएकाछन् । नेपाली प्रवासीका अधिकारका पक्षमा आफूले निरन्तर आवाज उठाउँदै आएको भन्दै प्रवासमा रहेका सबै नेपालीहरु मिलेर सुखदुःखमा साथदिदै अगाडी बड्नुपर्ने भट्टराईले बताए ।Messenger_creation_f7c0da5b-eecb-461e-92ea-8f29cd7a459d.jpeg

    प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्षमा निर्वाचित भएपछि संगठनले थप उचाई र गतिलिने अधिवेशनका सहभागीहरले बताएका थिए । नेपालको गुल्मी घर भएका अर्याल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका भूतपूर्व अध्यक्ष समेत भएर काम गरी सकेकाछन् । हाल उनी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका सल्लाहकार समेत रहेका छन् ।

    अर्यालको अध्यक्षतमा २५ सदस्यीय प्रवासी नेपाली मञ्च माल्टा गठन गरिएको छ । जसमा उपाध्यक्ष कमल पोखरेल,सचिब हेमराज भण्डारी,उपसचिब शिक्षा घिमिरे र उपसचिब अंश बस्नेत रहेकाछन् । त्यसैगरी सदस्यमा जानुका नेपाल, कृष्ण गिरी, लिलाधर पोखरेल, प्रकाश पाण्डे, सन्तोष रतन, धन बहादुर तामाङ, कमल के.सी., भरत अर्याल, गोविन्द पौडेल, विष्णु पौडेल, दीर्घसिं गुरुङ, भुपेन्द्र गिरी, कमल भुषाल, सबिन पण्डित, शिरोमणि पौडेल, भुपाल न्यौपाने, निरज भुजेल, हेम मण्डल र प्रभा राई रहेकाछन् । अध्यक्षमा निर्वाचित भएपछि अर्यालले अधिवेशन सफलपार्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।Messenger_creation_3f922ab7-5c75-4e6a-9e66-0dba8060be3e.jpeg

    प्रवासी नेपाली मञ्च र प्रवासी नेपालीको हितमा पदिए जिम्मेवारी पूरागर्दै प्रभावकारी रुपमा सकेजति राम्रो काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरेकाछन् । संगठनले राजनीतिक दलको मात्र प्रतिनिधित्व गर्ने छैन सम्पूर्ण माल्टामा रहेका नेपालीहरुको पक्षमा कामगर्ने उनले बताए ।

    प्रवासी र प्रवासीका परिवारले पाउनु पर्ने सेवासुबिधा र अधिकारका बारेमा नेपाल सरकारलाई समेत जिम्मेवार बनाउने गरी आफू र आफ्नो संगठनले माल्टामा रहेका सबै नेपाली संग समन्वय र सहकार्य गर्दै बलियो रुपमा आवाज उठाउने उनले बताए ।

    कैलालीका तपेन्द्र परियारले बाबु अर्याल सरको कार्यकालमा प्रवासी नेपालीका लागि राम्रो काम हुने आसा गरेको बताए । नमस्ते नेपाल मिनि मार्केटका संचालक समेत रहेका अर्यालले माल्टामा विभिन्न समस्यामा परेका नेपालीहरुलाई कानुनी सहयोगका साथै मानविय सेवाका काममा समेत सहयोग गर्दै आएको आफूले देखेको परियारले बताए । उनले भने, “बाबु अर्यालको सरल र सहयोगी व्यवहारले म प्रभावित भएको छु ।” यस्ता व्यक्तिले नेतृत्व गरेका संघसंस्था र संगठनले परिवर्तन हुनेगरी कामगर्ने उनी बताउँछन् ।

    युरोपको माल््टामा नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च स्थापनाबाल देखिनै सक्रिय रहँदै आएको छ । २०२१ मा स्थापना भएको संगठनले रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुले विदशबाटै पनि देशका पक्षमा काम गर्न सकिने भन्दै सामाजिक काम समेत गर्दै आएको छ । अधिवेशनमा बोल्ने वक्ताहरुले प्रवासी नेपाली मञ्च माल्टाले गरेका सामाजिक कामको चर्चा गदै प्रशंसा गरेका थिए ।

    अधिवेशनका विशिष्ट अतिथि एवम् प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिब तथा संगठन विभाग प्रमुख हेम शेर्पा, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार परिषद् उपाध्यक्ष एवम् गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसी उपाध्यक्ष रामशरण सिंखडा, प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीका संयोजक मुक्त गुरूङले प्रवासी नेपालीका लागि सरकारले गम्भीर भएर काम गर्नुपर्ने बताए ।

    माल्टामा संगठनले गरेका राम्रा कामको बारेमा सुन्न पाउँदा खुसी लागेको बताएका थिए । अधिवेशन सभ्य रुपमा व्यवस्थित तरिकाले आयोजना गरिएको भन्दै प्रवासी सबै नेपालीका हितमा संगठनले काम गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।

    प्रवासी नेपाली मञ्च माल्टाका संरक्षक एवम् युवा नेता भुवन अर्यालले कुनैपनि राजनैतिक दलका भातृ संगठनले पार्टीका गलत काम र निर्णयका बिरुद्ध बोल्नुपर्ने बताए । प्रवासमा रहेका हामी विभिन्न राजनीतिक दलका भातृ संगठनले सही र गलत छुट्याउदै परिवर्तनका पक्षमा एकठाउँमा उभिनु पर्ने अर्यालले बताए ।

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका उपाध्यक्ष एवम् प्रवासी नेपाली मञ्च माल्टाका अध्यक्ष सत्य झाले आफ्नो कार्यकालमा भएका कामको बारेमा जानकारी गराउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेम्स खनाल लगायत माल्टामा रहेका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको अधिवेशनमा सहभागिता रहेको थियो ।

    प्रवासी नेपाली मञ्च माल्टाका कार्यवाहक अध्यक्ष यामु राईको अध्यक्षतामा भएको अधिवेशनको संचालन सचिब बिरोजंग पाण्डेले गरेका थिए भने स्वागत मन्तव्य कमल पाख्रेलले राखेका थिए ।

  • सम्बन्धित विषय:

  • # माल्टा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images