नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड टीकापुर कैलाली शाखा कार्यालयले मृतकको परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं १ बस्ने कृष्णखर भट्टको मृत्यु दावी रकम हस्तान्तरण गरेको हो ।
भारतको महाराष्ट्र नाला सोपारामा बिल्डिङमा काम गर्दै आएका र पानी छोड्न जाने क्रममा केही महिना पहिले खसेर मृत्यु भएको थियो । स्वर्गीय भट्टका आमा , श्रीमती , छोरा , २ छोरी , १ भाइ , २ जना बहिनी छन् ।
कम्पनीका अनुसार भट्टले ३ वर्ष पहिले ३० हजार ९ सय रुपैयाँ तिरेर ५ लाखको दोहोरो र्दुघट्ना लाभ सहितको १६ बर्षे जीवन अमृत जीवन बीमा खरिद गरेका र उनको दुर्घट्नाबाट मृत्यु भएकोले कम्पनीले बीमा दावी बाफत १० लाख ९० हजार ६ सय ६७ रुपैया स्व. भट्टकि धर्मपत्नी पिउली भट्टलाई चेक रकम भुक्तानी गरेको हो ।
भट्टले ३ किस्ता रकम तिरी सक्नु भएको थियो । उक्त रकम नेशनल लाईफ इन्स्योरेन्स टीकापुरका शाखा प्रमुख सुरेश खाती , समाजसेवी देवानन्द जैसी , अभिकर्ता रंगा भट्टराई लगायतको सहभागीतामा एक कार्यक्रमको आयोजना गरी लम्कीमा बिहीबार हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
जीवन बीमा जोखिम बहन गर्ने माध्यमका साथै भविष्यका लागि बचत पनि हो । पलपल अनलाइन मिडियामा लाइभ रहेको छ ।



