श्री लम्की ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड लम्कीचुहा नगरपालिका १ लम्की कैलालीको ८ औं वार्षिक साधारणसभा लम्कीमा शनिबार सम्पन्न भएको छ ।
श्री लम्की ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष दल बहादुर बिष्टको सभापति्वमा भएको कार्यक्रमका प्रमुख अतिथि कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथिमा नेपाल विद्युत प्राधिकरण लम्कीका प्रमुख लक्ष्मी प्रसाद तिमिल्सेना , मातृभूमि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा संस्थापक अध्यक्ष दिल बहादुर साउद , वडा सदस्य सिद्वराज तिमिल्सेना लगायत समाजसेवी , बुद्धिजीवी , विभिन्न संघसंस्थाका प्रतिनिधि , लम्की ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका उपभोक्ताहरूको सहभागीता रहेको थियो ।
निरन्तर समयमै महसुल बुझाउने ३ जनालाई दोसल्ला र सम्मानपत्रले वडा अध्यक्ष खनालले सम्मान गर्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष लक्ष्मण विकको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिपेन्द्र खत्री प्याकुरेलले गरेका थिए ।
संस्थाको प्रबन्धकको प्रतिवेदन व्यवस्थापक अशोक शाहीले प्रस्तुत गरेका थिए भने अध्यक्षको प्रतिवेदन दल बहादुर बिष्टले गरेका थिए ।
आर्थिक वर्ष २०७९/८० आयव्यय विवरण समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले लम्की ग्रामीण विद्युत सहकारीले राम्रो काम गरेको र आगामी दिनहरूमा समेत थप राम्रो काम गर्न सुझाव दिएका थिए ।



