धनराज विक (अविरल) चैत्र १४ (युरोप)
नेपाली खानाको परिकारलाई विश्वमा चिनाउन अन्तराष्ट्रिय सेफ सोसाईटी विस्तार गरिएको छ । २०१८ मा स्थापना भएको अन्तराष्ट्रिय सेफ सोसाईटीलाई यतिबेला विभिन्न देशमा विस्तार गरिएको हो ।
नेपाली सेफहरुको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तर उन्नतिको लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ अरुण अधिकारीको अध्यक्षतामा अन्तराष्ट्रिय सेफ सोसाईटी गठन गरि विस्तार गरिएको हो ।
रोजगारीको सिलसिलामा नेपाल हुँदै विदेशका विभिन्न ठाउँमा पुगेर भान्से ( सेफको) काम गरी रहेका नेपालीहरुलाई एकतावद्ध गर्ने र विश्वमा नेपाली खानाको परिकारको प्रचार प्रसार गर्ने उद्येश्यले सोसाईटी गठन गरि विस्तार गरिएको हो ।
विश्वमा छरिएर रहेका नेपाली भान्से (सेफ) हरु एक हौं, नेपाली खानाको प्रचार प्रसार गरौं भन्दै नेपाली खानाको परिकार संगै नेपाली पहिचान पनि विश्वमा झल्काउन सकिन्छ । देशमा पर्यटकलाई आकर्षण गर्नपनि नेपाली खानाको परिकारको महत्व रहने आसा गरेको प्रवासी नेपाली मञ्च माल्टाका अध्यक्ष बाबु अर्यालले बताए ।
हामीहरु हम्रो खानाको परिकार संगै हाम्रो देशको सुन्दरताको बारेमा विदेशीहरुलाई जानकारी गराउँदै बेलाबेलामा फरक स्थानमा अन्तराष्ट्रिय सेफ सोसाईटीले नेपाली खाना प्रर्दशनीमा ल्याउने अर्यालले बताए । नेपाली खानाको प्रचार गर्दै विश्वमा चिनाउन सबै नेपालीहरु एक ठाउँमा उभिनु पर्नेमा उनले जोड दिए ।
अहिले १८ देशका लागि संयोजक र उपसंयोजक तोकिएको र १४ जनाको सचिवालय टिम पनि गठन गरिएको छ । नेपालका लागि संयोजक बसन्त राई सह–संयोजक शिवहरी धिमिरे, कतारका लागि सयोजक सुकदेव पन्त सह–संयोजक डिबी कार्की, ओमनका लागि संयोजक बिमल कार्की र सह–संयोजक पत्थर राई, साउदीका लागि संयोजक सरोज थापा र सह–संयोजक बिमल खत्री, माल्टाको लागि संयोजक बाशुदेव भुसाल र सह–संयोजक बाबु अर्याल, माल्दिभस संयोजक बरुण कुमार सिंह र सह–संयोजक टेकलाल खनाल चयन भएकाछन् । त्यसैगरी पोर्चुगल संयोजक अनिश भट्ट र सह–संयोजक सबिन लामिछाने, युएई संयोजक राजकुमार गिरी र सह–संयोजक हिउमन लिम्बु, क्यानडा संयोजक दिपक कार्की र सह–संयोजक इश्वर पन्त, जापान संयोजक रामचन्द सोती, अस्ट्रिया संयोजक रामकुमार जोशी, अस्टेलिया साउथ संयोजक खेम बराल र सह–संयोजक टोम खनाल, अस्टेलिया नर्थ संयोजक सुवास थापा र अस्टेलिया भबि खनाल, अमेरिका साउथ संयोजक सुरेश बस्नेत र सह–संयोजक राम थापा, बेलायत संयोजक कुमार प्रसाद तिमिलसेना र सह–संयोजक, स्विजरल्याण्ड संयोजक अर्जुन बहादुर थापा र कम्कोडियाको लागि संयोजक ज्ञान राना चयन भएको माल्टाका लागि चयन भएका सह–संयोजक बाबु अर्यालले जानकारी दिएकाछन् ।
अन्तराष्ट्रिय सेफ सोसाईटीले १४ जनाको सचिवालय टिम पनि गठन गरेको छ । जसमा युएई अरुण अधिकारी, अस्टलिया श्याम अमगाई, साउदी अरयिबा सरोज थापा, साउथ अमेरिका नारायण थपलिया, अस्टलिया सुवास थापा, कतार सुकदेव पन्त, स्विजरल्याड अर्जुन बहादु थापा, अस्टलिया खेम बराल, नर्थ अमेरिका सुरेश बस्नेत, नेपाल लाल बहादुर विश्वकर्मा, साउदी अरेबिया योगेन्द्र थापा, साउदी राजेन्द्र भण्डारी र युएई उद्धब थापा र त्यसैगरी प्रकाश कटवाल रहेकाछन् ।



