Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कर्णाली पुलबाट हाम फालेका शाही मृत अवस्थामा भेटिए

कर्णाली पुलबाट हाम फालेका शाही मृत अवस्थामा भेटिए

  • समाचार
  • चैत्र १५, २०८० बिहिवार १६:३९ बजे
  • 1.2K
    SHARES
  • कर्णाली पुलबाट हाम फालेका शाही मृत अवस्थामा भेटिए

    कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका लम्कीचुहा ३ चिसापानीका लोकेन्द्र शाहीको शव टीकापुरको सन्नकट्टी घाटमा भेटिएको छ ।

    होलीको दिन चैत १२ गते कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा बेपत्ता भएका थिए । १६ जना पौडिएर बाच्न सफल भएका थिए । चिसापानी देखी झन्डै २५ किलोमिटर टाढाको टिकापुरको सन्कट्टी घाटमा शव भेटिएको लम्कीचुहा नगरपालिका वडा नं ३ का अध्यक्ष लब बहादुर शाहीले बताएका छन् ।

    ईलाका प्रहरी कार्यालय चिसापानीको टिम शव भेटिएको स्थानमा गइरहेको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख हरिराम डाँगीले जानकारी दिएका छन् । मृतक शाहीका एक छोरा र एक छोरी छन् ।

  • सम्बन्धित विषय:

  • # कर्णाली पुल

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images