Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

तनहुका प्रकाश पन्त सम्पर्क बिहिन : खोजिदिन परिवारको आग्रह

तनहुका प्रकाश पन्त सम्पर्क बिहिन : खोजिदिन परिवारको आग्रह

  • समाचार
  • चैत्र १९, २०८० सोमवार १७:४५ बजे
  • 871
    SHARES
  • तनहुका प्रकाश पन्त सम्पर्क बिहिन : खोजिदिन परिवारको आग्रह

    धनराज विक (अविरल) अप्रिल १ (युरोप)

    नेपालको तनहु जिल्ला ब्यास नगरपालिका दमौली घर भएका प्रकाश पन्त माल्टामा एकसाता देखि सम्पर्क बिहिन भएकाछन् । मार्च २५ तारीख राती बुजिब्बा भाइको कोठाबाट खाना खाएर फर्केका पन्त आफ्नो कोठामा नआई उतैबाट सम्पर्क बिहिन भएका हुन् ।

    सम्पर्क बिहिन भएका श्रीमान्को खोजी गरिदिन अनुरोध गर्दै मार्च ३१ तारीखका दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टामा पन्तकी श्रीमती रबिना पन्तले लिखित निवेदन दिएकी छन् ।Messenger_creation_a1cfc443-93c8-46fc-9b05-a9a27fc03df9.jpeg

    उनले निवेदनमा लेखेकीछन्, विगत १ बर्षदेखि रोजगारीको सिलसिलामा माल्टामा ड्रिम लोनिक कम्पनीमा फुड डेलीभरीको काममा कार्यरत मेरो श्रीमान प्रकाश पन्त मेरो देवर रोशन पन्तको कोठाबाट खाना खाएर करिब राती १ बजे घरआफ्नो रुममा जान्छु भनी गएको सुन्नमा आएको छ ।

    सोही रातीदेखि आजको मितिसम्म आफ्नो घरपरिवार र म संग मेरो श्रीमान् सम्पर्कमा नआएको र म लगायत हाम्रो परिवार पूर्णरुपमा चिन्तित भएको हुँदा मेरो श्रीमान्लाई खोजतलासको लागि माल्टाको कानुन अनुसार सहयोग गरिदिन उनले अनुरोध गरेकीछन् । सम्पर्क बिहिन भएका पन्त फेला परेमा +३५६७७३००९९७ फोन नम्बरमा सम्पर्क गरेर परिवारलाई जानकारी दिन पन्तको परिवारले आग्रह गरेको छ ।

    २५ तारीख देखि सम्पर्क बिहिन भएका पन्तको बारेमा आधिकारिक रुपमा पन्त सम्पर्क बिहिन भएको उहाँको श्रीमती र भाईहरु आएर मार्च ३१ तरीखका दिन खिखित निवेदन एनआरएनए माल्टामा दिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनालले बताएकाछन् । उनले भने, “सम्पर्क बिहिन भएको निवेदन आएपछि माल्टाको इमिग्रेसन प्रहरी प्रशासन र डिटेन्सन सेन्टर सबैमा बुझेका थियौ तर पन्त कतैपनि नभएको जानकारी हामीलाई प्राप्त भएको छ ।”

    पन्तको खोजीकार्यका लागि माल्टामा रहेका विभन्न संघसंस्था र सम्पूर्ण नेपालीलाई अध्यक्ष खनालले आग्रह गरेकाछन् । माल्टाको बुजिब्बामा बस्दै आएका पन्त सम्पर्क बिहिन भएको खबरले अहिले परिवार धेरै तनावमा रहेकोले खोजीकार्यमा सबै नेपालीलाई सहयोग गरिदिन पत्रकार प्रकाश बगालेले अनुरोध गरेकाछन् ।

  • सम्बन्धित विषय:

  • # युरोप

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images