प्रवासी नेपाली संघ भारत कर्नाटक केरला संयुक्त राज्य समिति द्वारा संचालित पुर्बी नगर समिति बैंगलोर ( क ) अन्तर्गत पर्ने कागदासपुरा स्थित नेपाली जनसमुदाय हरुबिचको भेला ३१ तारिखमा सम्पन्न भएको छ ।
पुर्बी नगर समिति बैंगलोर ( क ) का अध्यक्ष मथुरा शाही पौडेलको विशेष पहलमा भएको भेलाका प्रमुख अतिथि संघका केन्द्रीय सचिवालय सदस्य एवं कर्नाटक - केरला संयुक्त राज्य समिति इन्चार्ज तिलकराज कडेल रहनु भयको थियो भने विशिष्ट अतिथि प्रबासी नेपाली संघ भारत केन्द्रीय प्रचार प्रसार विभाग सदस्य तथा कर्नाटक - केरला संयुक्त राज्य समितिका सचिव राजेन्द्र प्रसाद खनाल रहनु भयको थियो ।
त्यसैगरी अन्य अतिथिहरुमा राज्य समिति सचिवालय सदस्य गीता मिश्र राज्य समिति मुद्दा विभाग प्रमुख रमेश खड्का , राज्य समिति सदस्य टेक बहादुर कटुवाल , राज्य समिति सदस्य तथा पुर्बी नगर समिति बैंगलोर ( क ) का अध्यक्ष मथुरा शाही पौडेल , राज्य समिति महिला विभाग उपप्रमुख उषा शाही , पुर्बी नगर समिति बैंगलोर ( क ) आर्थिक विभाग प्रमुख माया देवकोटा , पुर्बी नगर समिति बैंगलोर ( क ) का सदस्यहरू मिना कडेल , लक्ष्मी न्यौपाने , लक्ष्मी पौडेल लगायतका नेता कार्यकर्ताहरूको सहभागीता रहेको थियो ।
भेलामा प्रमुख अतिथि विशिष्ट अतिथि लगायतका अतिथिहरूले प्रवासी नेपाली संघ भारतको बारेमा समसामयिक विषयमा मन्तव्य राख्नु भएको थियो ।
भेलाले दुर्गा ढुंगाना को अध्यक्षतामा १३ सदस्यीय कागदासपुरा प्रारम्भिक समिति गठन गरिएकोे छ जसको अध्यक्षमा दुर्गा ढुंगाना , उपाध्यक्ष मेनुका ढुंगाना , सचिव स्मृति ढकाल , उपसचिव देबेन्द्र आचार्य , आर्थिक विभाग रितु सापकोटा , सदस्य मिनादेवी कडेल , सदस्य भूमि पौडेल , सदस्य कौशिल्या सापकोटा , सदस्य झरना सापकोटा , सदस्य हिमा आचार्य , सदस्य हेमराज सापकोटा , सदस्य गीता सापकोटा , सदस्य हिमा शर्मा रहेका छन् ।
नवनिर्वाचित प्रारम्भिक समितिका कार्यकारिणीहरुलाई भेलाका प्रमुख अतिथि तिलकराज कडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियोे ।



