कोअपरेटिभ म्यानेजर्स क्लब लम्कीचुहाले ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कैलालीको लम्कीचुहा नगरपालिका -;१ भुरुवा स्थित मानव सेवा बालगृहमा रहेका असहाय बालबालिकालाई अत्यावश्यक फर्निचरहरु बेड, टेबल, चामल, स्वयविन, दाल, तरकारी, चाउचाउ सहयोग प्रदान गरेको छ ।
कार्यक्रममा क्लबमा आवद्द सहाकारीका व्यवस्थापकहरू सहभागी भएका थिए ।
बालगृहमा अत्यन्तै आवश्यक बस्तु उपलब्ध गराएकोमा बालगृहका संचालक बिनोद थापा र संरक्षक देविराम सन्ज्यालले धन्यवाद व्यक्त गरेका थिए ।
अन्य संघ संस्थाबाट समेत यस्तै सहयोगको अपेक्षा गरेको बताएका थिए ।
कार्यक्रममा तन, मन , धनले सहयोग गर्ने सहकारी संस्थाहरु, व्यवस्थापक लगायत सम्पूर्ण महानुभावहरुलाई कोअपरेटिभ म्यानेजर्स क्लब लम्कीचुहा नगरपालिकाका अध्यक्ष एकेन्द्र प्रसाद जैसीले धन्यवाद व्यक्त गरेका छन् ।



