Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जुपिटर एकेडेमी नेपालको वार्षिकोत्सब कार्यक्रम सम्पन्न

जुपिटर एकेडेमी नेपालको वार्षिकोत्सब कार्यक्रम सम्पन्न

  • समाचार
  • चैत्र २७, २०८० मंगलवार १९:१३ बजे
  • 1.1K
    SHARES
  • जुपिटर एकेडेमी नेपालको वार्षिकोत्सब कार्यक्रम सम्पन्न

    जुपिटर एकेडेमी नेपाल गौरीगंगा नगरपालिका-६,बनबेहडा,कैलालीको १६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस विद्यालयको प्रांगणमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ।

    स्कुलका अध्यक्ष खकेन्द्र बुढाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका -६ का वडा अध्यक्ष टेक बहादुर कुँवर रहनु भएको कार्यक्रमका विशिष्ट अतिथि नेसनल प्याब्सन कैलाली अध्यक्ष ललित साँउद रहनु भएको थियो।

    अतिथिहरूमा बनबेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समिती सचिब हेमन्त राज जोशी (बाजे ), बिणा बिद्या मन्दिरका प्र.अ.दल बोगटी, कैलाली भिजन स्कुल प्र.अ. ध्वज बोगटी,अमर मा.बि.अध्यक्ष टिकाराम शर्मा,भैरब आ.बि.प्र.अ.नवराज उपाध्याय,रानिफाँटा सामुदायिक बनका अध्यक्ष चक्र बोगटी,आधारभूत स्वास्थ केन्द्र प्रमुख गणेश उपाध्याय लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।

    कार्यक्रममा बोल्ने बक्ताहरुले छोटो समयमा अभिभावकको मन जित्न सफल विद्यालयको रुपमा अगाडी बढेको भन्दै प्रशंसा गर्नुभयो। बनबेहडा आसपासका क्षेत्रमा निजि,सामुदायिक विद्यालयहरु भएकै अवस्थामा जुपिटर नेपाल एकेडेमी स्कुल खोलेर ४०० को आसपास बिद्यार्थी संख्या पुर्‍याउन चानचुने कुरा नभएको बताउनु भएको थियो।

    विद्यालयमा बिद्यार्थी पठाएर बिद्यार्थीको बारेमा चासो नराख्ने बिद्यार्थीहरुका अभिभावकले शैक्षिक गुणस्तरमा केही ह्रास आएको कार्यक्रमका अतिथिहरुले बताउदै अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन। अवसरमा विद्यालयको स्थापना तथा लामो समय सम्म अध्यापन गराउनु भएका संस्थापक भरतमणी ओझा लाई सम्मान गरिएको थियो।

    २०६५ सालमा स्थापना गरिएको सो विद्यालयमा करिब ४०० बिद्यार्थी,१८ जना शिक्षक,१ बस,१ चालक,१ कार्यालय सहयोगी रहेको विद्यालयको आफ्नै पक्की भवन रहेको छ। साथै आगामी शैक्षिक सत्र देखि कक्षा १० को पठनपाठन संचालन गर्ने तयारी गरेको विद्यालयका प्र.अ.मनिराम धामीले जानकारी गराउनुभएको थियो।

    उक्त कार्यक्रममा विद्यालयद्वारा आयोजित विभिन्न विधा अन्तर्गत हाजिरीजवाफ,दौड,फुटबल खेल र उत्कृष्ट नतिजा ल्याउने छात्र-छात्राहरु लाई पुरस्कार,ट्रफी र प्रमाणपत्र बितरण गरिएको थियो। विद्यालयका सहायक प्र.अ.महेस्वरी जोशीले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको कार्यक्रममा विद्यार्थीहरु द्वारा विभिन्न नृत्यहरु प्रस्तुति रहेको कार्यक्रमको संचालन शिक्षक हरिश भट्टले गर्नु भएको थियो।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images