कैलालीको गौरीगंगा नगरपालिका वडा नं २ मा रहेको मालिका माध्यमिक विद्यालको ब्यवस्थापन समितिको अध्यक्षमा तेज बहादुर दियाकोटी(टेक) को प्यानल बिजयी भएको छ। अध्यक्षको चुनाबमा दियाकोटिले आफ्ना प्रतिद्वन्दी केदार ओझालाई ७ मतले पछि पार्दै जित हासिल गर्न सफल भएका हुन।
सामाजिक क्षेत्रमा कृयाशिल दियाकोटी उक्त विद्यालयका पुर्ब विद्यार्थी पनि हुन। त्यस्तै अन्य सदस्यहरुमा दियाकोटी प्यालन कै चन्द्र प्रसाद कडेल,ललिता देबि चौधरी र नरु देबि टमटा बिजयी भएका छन।
नब निर्बाचित विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तेज बहादुर दियाकोटिले विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन शिक्षक,अभिभावक र समाजका सबै पक्ष मिलेर अघि बढनुपर्ने बताउदै विद्यालयलाई सबै हिसाबले नमुना बनाउन सामुहिक रूपमा छलफल गरेर अघि बढने बताएका छन् ।



