Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

मुख्यमन्त्रीका लागि दुई दिनभित्र दाबी पेस गर्न आव्हान

मुख्यमन्त्रीका लागि दुई दिनभित्र दाबी पेस गर्न आव्हान

  • समाचार
  • बैशाख ४, २०८१ मंगलवार १८:५८ बजे
  • 952
    SHARES
  • मुख्यमन्त्रीका लागि दुई दिनभित्र दाबी पेस गर्न आव्हान

    सुदूरपश्चिम प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न फेरी आह्वान गरेका छन्। एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आह्वान गरेका हुन्।

    प्रदेश प्रमुख नजिर मियाँले बैशाख ६ गते बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका छन्। संविधानको धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने प्रावधान छ।

    यसअघि प्रदेश प्रमुख मियाँले बैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय तोकेका थिए। बैशाख २ गते सत्ता गठबन्धनलाई चुनौती दिदै काँग्रेसका १८, समाजवादीका ४, राप्रपाका एक र नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । त्यस लगत्तै नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि माओवादीका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ जना र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए।

    मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिबाटै २ जनाको दाबी परेपछि प्रदेश प्रमुखले दलहरुसँग अध्ययनका लागि २ दिनको समय मागेका थिए । नागरिक उन्मुक्तिकै दुई जनाको दाबी परेको र उसका ७ जनाको समर्थन लक्ष्मण किशोरलाई हो वा कैलाशलाई भन्ने विषयमा स्पष्टता नभएकाले प्रदेश प्रमुखले दुबैको दाबी खारेज गरि बैशाख ६ गते विहीबार बेलुकी ५ बजेसम्म स्पष्ट बहुमत खुल्ने गरि मुख्यमन्त्रीमा दाबी पेस गर्न सूचना जारी गरेका हुन्। नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री दाबी पेस गरेका लक्ष्मणकिशोर पार्टी संरक्षक रेशम पक्षका हुन भने कैलाश अध्यक्ष रञ्जीता पक्षका हुन।

     

  • सम्बन्धित विषय:

  • # #kpoli

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images