धनराज विक (अविरल) अप्रिल १५ (युरोप)
घुम्ती राहदानी शिविरबाट माल्टामा रहेका १ हजार ५० जना प्रवासी नेपालीले सेवा लिएकाछ्न् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टा र लन्डन स्थित नेपाली राजदुतावासको समन्वयमा एनआरएनए माल्टाको कार्यालयमा अप्रिल १३ देखि १५ तारीखसम्म संचालन भएको पासपोर्ट घुम्ती ( राहदानी ) शिविरबाट पासपोर्ट नविकरण लगायतका कन्सुलर सेवा प्रवासी नेपालीले लिएका हुन् ।
सेवालिने प्रवासी नेपालीहरुले नेपाली राजदुतावास र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको टिमलाई खुसी हुँदै धन्यवाद् दिएको लन्डन राजदुतावासका तृतीय सचिव गजेन्द्र राइले बताए । उनले भने,“ कार्यालय सचिब बिक्रम श्रेष्ठ र कार्यालय सहयोगी हरी बहादुर अछामी सहित हामी ३ जनाले सेवा दिईरहेका छौं ।”
नियमानुसार लाग्ने राजश्व खर्चमात्र लिएर सेवा दिईएको छ । प्रवासी नेपालीको सजिलोको लागि एकवर्षमा २ पटक माल्टामा यस्तो नियमित सेवा राजदुतावासले दिदै राइले बताए । यसपटक सेवा लिनेको संख्या पहिलेको भन्दा धेरै भएकोले पासपोर्ट लगातका अन्य कागजात नेपाल सरकारबाट प्रक्रिया पूरागरी आउन केही समय लाग्ने बताउँदै एनआरएनए माल्टाले सेवा प्रवाहको लागि गरेको व्यवस्थापन आफुलाई धेरै लागेको राईले बताए ।
नेपाल झापा घर भएका गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका संस्थापक अध्यक्ष तेजबहादुर लिम्बुले आफू पासपोर्ट नविकरण गर्न आएको बताए । आफू बसेकै ठाउँमा नियमित काम गरेर सेवालिन पाउनु सुनौलो अवसर भएकोले सेवादिने नेपाली राजदुतावास र समन्वयको कामगर्ने एनआरएनए माल्टाको टिमलाई धन्यवाद् दिदै लिम्बुले प्रशंसा गरेकाछन् ।
उनले भने,“ सजिलोसित सेवादिने गरी एनआरएनए माल्टाले गरेको जिम्मेवारी बाँडफाँड र व्यवस्थापनको काम मलाई धेरै राम्रो लाग्यो ।” अरु देशबाट पासपोर्ट लगायतका कन्सुलरका कामगर्न नेपालजाँदा समय र खर्च धेरै लाग्ने गरेको उनी बताउँछन् ।
नेपालको बागलुङ घर भएकी माया थापा पनि श्रीमान् सहित विवाह दर्ताको लागि आवश्यक कागजात हातमा बोकेर आएकी थिईन् । उनले पनि माल्टामै सेवा पाउँदा खुसी लागेको बताइन् । चितवन घर भएका आनन्द बस्ताकोटी पनि आफूले पनि पासपोर्ट नविकरुणको काम गरेको बताए । त्यसैगरि चितवन घर भएका र माल्टामा पत्रकारिता गर्दै आएका पत्रकार प्रकाश बगालेले आफूले पनि पासपोर्ट नविकरणको आवश्यक काम गरेको बताउँदै राम्रो सेवा प्रदान गर्ने नेपाली राजदुतावास र एनआरएनए माल्टाले गरेको कामको उनले पनि प्रशंसा गरेकाछन् ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले पासपोर्ट नविकारण लगायतका कन्सुलर सेवा प्रदान गर्ने लन्डन स्थित नेपाली राजदुतावास र व्यवस्थापनमा सहयोग गर्ने माल्टामा रहेका प्रवासी नेपालीलाई धन्यवाद् दिएकाछन् । तीनदिन सम्म संचालन भएको पासपोर्ट हराएका, पासपोर्ट बिर्गेका, म्याद सकिएका र अन्य कन्सुलर सेवा सम्बन्धी संचालन भएको घुम्ती पासपोर्ट क्याम्पियन सफलतापूर्वक सम्पन्न भएको उनले बताएकाछन् ।
प्रवासी नेपालीलाई सेवा प्रदान गर्न एनआरएनए माल्टाको पूरैटिम डेढ महिना अघिदेखि फाराम संकलनको काममा निरन्तर खटिएको बताए । आफ्नो काम छोडेर बिदालिई संस्थागत रुपमा यसरी सेवा दिनको लागि खटिरहँदा पनि उल्टै विभिन्न तरिकाले गरिने टिकाटिप्पणीले मनदुख्ने गरेको खनालले बताए । राम्रो कामलाई राम्रो भनी सुधार गर्नुपर्ने ठाउँमा सबैले खबरदारी गर्न आवश्यक रहेको उनी बताउँछन् ।
सेवा प्रदानको लागि प्रभावकारी समन्वय र सहयोगको कामगर्ने लन्डन स्थित नेपाली राजदुतावासका राजदुत ज्ञानचन्द्र आर्चाय, दृतीय सचिब रामबाबु नेपाल, तीतृय सचिब गजेन्द्र राई, कार्यालय सचिब बिक्रम श्रेष्ठ, कार्यालय सहयोगी हरी बहादुर अछामी र डिसिएम रोशन खनाल लयातको टिमलाई अध्यक्ष खनालले धन्यवाद् दिएकाछन् । मानवीय सहयोग गर्ने हेतुले माल्टामा हेल्पलाईन संचालन गर्दै आएका हेल्पलाईनका संयोजक डीएस राणाले एनआरएनए माल्टा प्रवासी नेपालीका लागि अभिभावकीय संस्था भएको र पासपोर्ट नविकरणको लागि धेरै राम्रो काम गरेको बताए ।
नेपाली राजदुतावास र एनआरएनए माल्टाले गरेको कामको उनले दिल खोलेर प्रशंसा गरेकाछन् । तर सेवालिन आएका केही सेवाग्राहीले गुनासो गर्दै एनआरएनए माल्टाले सबैको मनजित्ने गरी स्पष्ट रुपमा कामगर्नु पर्ने बताएकाछन् । एनआरएनका उपाध्यक्ष सत्यनारायण झा हात जोडेर नमस्कार गर्दै सेवालिन आएका सेवाग्राहीलाई सम्मान गर्दै सेवामा खटिएको दृश्य निकै मनछुने थियो । उनी सेवाग्राहीलाई विन्रमताका साथ भनिरहेका थिए सेवालिदा केही असजिलो भएको भए माफ गर्नुहोला । झाको व्यवहारले सबैको मन जितेको थियो र सेवाग्राही खुसी देखिथे ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका भुतपूर्व अध्यक्ष एवम् सल्लाहकार बाबु अर्यालले एनआरएनए माल्टाले राम्रो काम गरेको बताए । सेवा प्रदान गर्ने नेपाली राजदुतावासको टिम, नेपाल सरकार र सहयोग गर्ने माल्टामा रहेका नेपालीलाई अर्यालले धन्यवाद् दिएकाछन् । त्यसैगरी एनआरएनका सल्लाहकार सदस्य हरी बिसीले माल्टामा एनआरएनएले उदाहरणीय काम गर्दै आएको बताए । एनआरएनए माल्टाका वरिष्ठ उपाध्यक्ष मधु गुरुङ,उपाध्यक्ष प्रकाश थापा र प्रेम लिम्बु, युवा उपाध्यक्ष विजय परियार, महिला उपाध्यक्ष सबनम गुरुङ, महासचिब सन्देश केसी, सचिब भुवन झा,कोषाध्यक्ष निरज श्रेष्ठ, सहकोषाध्यक्ष सुवास तिमिल्सिना,महिला संयोजक धनु लामा सदस्य क्रमशः दिपेश गुरुङ, हरीप्रसाद पौडेल,दामोदर लामीछाने, रेशम बहादुर बिक र कृष्ण भण्डारी सेवाग्राहीको सेवामा निरन्तर खटिएका थिए ।
साथै माल्टामा रहेका विभिन्न संघसंस्थाले सहयोग गरेको सचिव भुवन झाले जानकारी दिएकाछन् एनआरएनका युरोप क्षेत्रिय सचिब एवम् एनआरएनए माल्टाका निवर्तमान अध्यक्ष भुवन अर्यालले माल्टामा पासपोर्ट लगायत कन्सुलर सेवा संचालनले प्रवासी नेपालीलाई निकै ठूलो सहयोग पुगेको बताए ।



