Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०– टू भी रिफ्रेस लम्की बजारमा

टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०– टू भी रिफ्रेस लम्की बजारमा

  • समाचार
  • बैशाख ९, २०८१ आइतवार १८:४६ बजे
  • 1.0K
    SHARES
  • टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०– टू भी रिफ्रेस लम्की बजारमा

    जानुका एण्ड सन्स अटो प्रालिले आज आइतबारदेखि टिभिएस अपाचेको नयाँ मोडल अपाचे आरटीआर १६०– टू भी रिफ्रेस बिक्रीको लागि कैलालीको लम्कीमा सार्वजनिक गरेको छ । टिभिएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सार्बजनिक गरेको टिभिएस अपाचेको नयाँ मोडल अपाचे आरटीआर १६०– टू भी रिफ्रेस जानुका सन्स एण्ड अटो प्रालि लम्की कैलालीले बिक्रीमा राखेको छ ।Videoshot_20240421_184048.jpg

    मोटरसाईकलको लम्कीचुहा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष खडानन्द सापकोटा र टिभिएसका सञ्चालक सञ्जय बुढाथोकीले मोटरसाईकलको कभर उघारेर बिक्रीको लागि प्रर्दशनी भएको जानकारी गराएका हुन ।Videoshot_20240421_184201.jpg

    टिभिएसले नेपाली बजारमा टिभिएस रोनिन, रेडर, अपाचे, एन्टर्क, आईक्युब, जस्ता उत्कृष्ट बाईक तथा स्कुटरहरु उपलब्द गराउदै आएको छ । टिभिएस बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठूलो प्रभाव पार्न सफल बनेको सेल्स म्यानेजरले बताउनुभयो ।

     बजारको माग र युबाहरुको चाहना अनुरुप कम्पनिले टिभिएस अपाचे आरटीआर १६० टू भी रिफ्रेसमा कम्पनीले विभिन्न फिचरहरु थप गरेको छ । टिभिएस अपाचे आरटीआर १६० टू भी रिफ्रेसमा १६० सीसी आरटीआर इन्जिन रहेको छ जस्ले सेग्मेंटकै उच्चतम १४.४ पीएस पावर र १३ एनएम टर्क जेनेरेट गर्छ, टिभिएस स्मार्टकनेक्ट जसको सहायताले राईडरहरुले सजिलै कल तथा टेक्स्ट नोटिफीकेसन, क्र्यास अलर्ट जस्ता सुविधा प्रदान गर्नुको साथै रेस इन्स्पायर्ड डिजिटल डिस्प्ले, आकर्षक एलईडी हेडल्याम्प र सिग्नेचर एलईडी टेल ल्याम्पले सुसज्जित रहेको छ ।Videoshot_20240421_184244.jpg

    नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राईभेट लिमिटेडले देशभर १ सय ४० भन्दा बढी डिलरहरुको बलियो सञ्जाल फैलाएको छ । लम्कीमा सार्वजनिक कार्यक्रममा पत्रकारहरू , विभिन्न ठाउँबाट ग्राहकहरूको सहभागीता रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # टिभिएस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images