रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड शाखा कार्यालय लम्की कैलालीको कार्यालय नयाँ ठाउँमा स्थानान्तरण तथा अभिकर्ताहरूलाई बिमा सम्बन्धी जानकारी मुलक कार्यक्रम सम्पन्न भएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका तालिम रिसर्च एण्ड डेभलपमेन्ट विभाग प्रमुख युवराज शर्मा र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर बिष्टको विशेष उपस्थितिमा स्थानान्तरण भएको कार्यालयको औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
कार्यालय स्थानान्तरण कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लम्की शाखाका प्रमुख तपेन्द्र देवकोटा , एजेन्सी म्यानेजर , अभिकर्ताहरूको सहभागीता रहेको थियो । नयाँ कार्यालय स्थानान्तरण लम्की बसस्टप , नेपाल बैंक लिमिटेड र एभरेस्ट बैंकको ठिक अगाडि नजिकै रहेको छ ।
कार्यक्रममा बोल्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर बिष्टले लम्की शाखामा रहेका अभिकर्ताहरूलाई आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै बीमा सम्बन्धी विविध विषयमा जानकारी गराउनु भएको थियो । ३ महिनाको अवधिमा अभिकर्ताहरूले मेहनत गर्नुपर्ने र समय दिएर लाग्नुपर्ने , रिलायबल नेपाल अन्य बिमा कम्पनीभन्दा उत्कृष्ट कम्पनी भएको दाबी गर्दै बिष्टले आकर्षक स्किमहरू रहेको र बीमा जोखिम बहन गर्ने भएकाले सबैजनाको बिमा गरेर जोखिम बहन गर्ने माध्यम भएको बताए ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका तालिम रिसर्च एण्ड डेभलपमेन्ट विभाग प्रमुख युवराज शर्माले थप नयाँ जोश जागरका साथ लाग्नुपर्ने , प्रदेशमा राम्रो गति लिएको लम्की शाखा रहेको र असारसम्म पहिलो नं बनाउन लाग्नुपर्ने बताए । शर्माले रिलायबल कम्पनीको ५ अर्ब पुँजी रहेको र ढुक्क भएर रिलायबल लाइफ इन्स्योरेन्समा बीमा गर्नका लागि आग्रह गरेका छन् । शर्माले १७ अर्ब प्रिमियम संकलन गरिसकेको , १६ अर्ब लगानी गरिसकेको , बिमितलाई धेरै सुविधा दिने , दाबी भुक्तानीमा समस्या कुनै समस्या नरहेको , यो कम्पनीले अब नयाँ नयाँ उत्पादनहरू ल्याउने , कम्पनीले प्रत्येक प्रदेशमा जग्गा किन्ने लक्ष्य रहेको बताएका छन् ।
कार्यक्रम एमडी आरटी दुर्गा धामी र सिनियर एजेन्सी म्यानेजर रमिस्सा ढकाल , आशा विक , धनसरा साउदले आफ्नो अनुभव मन्तव्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लम्की शाखाका प्रमुख तपेन्द्र देवकोटाले गरेका थिए ।






