Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम लम्कीमा सम्पन्न

मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम लम्कीमा सम्पन्न

  • समाचार
  • बैशाख १३, २०८१ बिहिवार २२:२४ बजे
  • 1.1K
    SHARES
  • मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम लम्कीमा सम्पन्न

    दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मुल नारा रहेको मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम कैलालीको लम्कीमा बिहीबार सम्पन्न भएको छ । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजनामा तालिम सम्पन्न भएको हो । लम्कीचुहा नगरपालिका भल्का कैलालीको सहयोगमा तालिम सम्पन्न भएको हो ।Videoshot_20240425_220819.jpg

    तालिम १० गतेदेखि १३ गतेसम्म सञ्चालन भएको थियो । लम्कीचुहा नगरपालिकाकी उप प्रमुख एवम् न्यायिक समिति संयोजक जुना चौधरीको सभापतित्वमा भएको कार्यक्रमका अतिथि लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल , वडा नं ५ का अध्यक्ष माया बिष्ट रहनु भएको थियो । Videoshot_20240425_220742.jpg

    प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक तथा प्रशिक्षक बल्लु चौधरी , सहायक प्रशिक्षक जंग बहादुर चौधरी रहनु भएको थियो । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका सहजकर्ता बन्धु चौधरीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।Videoshot_20240422_201922.jpg

    मेलमिलाप तालिम कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं १ देखि १० सम्मका ४६ जना मेलमिलाप कर्ताहरूको सहभागीता रहेको थियो ।

    तालिममा सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । ४ दिनको समयावधिमा धेरै कुराहरू सिकेको सहभागीहरूले बताएका थिए ।Videoshot_20240422_202035.jpg

  • सम्बन्धित विषय:

  • # लम्कीचुहा नगरपालिका

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images