Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सुर्खेतको वीरेन्द्रनगरमा पनि देखियाे बर्ड फ्लू

सुर्खेतको वीरेन्द्रनगरमा पनि देखियाे बर्ड फ्लू

  • समाचार
  • फाल्गुण ८, २०७७ शनिवार १३:०१ बजे
  • 478
    SHARES
  • सुर्खेतको वीरेन्द्रनगरमा पनि देखियाे बर्ड फ्लू
    • कर्णाली भ्यूज

     सुर्खेतको वीरेन्द्रनगरमा बर्ड फ्लू देखिएको छ । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका १२ मा बर्ड फ्लू देखा परेको पशु सेवा विभागले जनाएको छ ।

    वीरेन्द्रनगर–१२  का किसानले पालेका कुखुरामा बर्ड फ्लू देखिएको हो । केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमुना परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो । रोग फैलिन सक्ने सम्भावना देखिएपछि दुई सय ७९ कुखुरा, १ सय २ परेवा, २२ अण्डा र ३१ किलो दाना नष्ट गरिएको छ  ।

    रोग देखा परेको क्षेत्रलाई पूर्ण निसङ्क्रमण समेत गरिएको विभागले जानकारी दिएको छ । साथै रोग नियन्त्रणमा सहजीकरण गर्न विज्ञ टोली खटिएको छ ।

    गएको माघमा काठमाण्डौको तारकेश्वर नगरपालिकामा देखा परेको बर्ड फ्लू भने नियन्त्रणमा आइसकेको विभागले जनाएको छ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images