Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेकपा एमालेको नगर अधिवेशन हुँदै / रावत र खरालको प्रतिस्पर्धा हुने

नेकपा एमालेको नगर अधिवेशन हुँदै / रावत र खरालको प्रतिस्पर्धा हुने

  • समाचार
  • बैशाख २०, २०८१ बिहिवार १५:४० बजे
  • 1.8K
    SHARES
  • नेकपा एमालेको नगर अधिवेशन हुँदै / रावत र खरालको प्रतिस्पर्धा हुने

    नेकपा एमाले पञ्चपुरी नगरपालिकाको नगर अधिवेशन यहीँ वैशाख २१ र २२ गते सुन्दर नगरी बाबियाचौरमा हुदैछ । अधिवेशनमा जम्मा २ सय १९ जना प्रतिनिधिहरू सहभागी भएर नयाँ नेतृत्व चयन हुनेछ । नगर कमिटीको नेतृत्व गर्नका लागि युवा नेताहरू भीम बहादुर रावत र शान्तिराज खरालले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

    रावत पुर्व क्षेत्रीय कमिटी अध्यक्ष , जिल्ला कमिटी सदस्य समेत भइसकेर पार्टीका गतिविधिमा निरन्तर सक्रिय भएर लागिरहेका छन् । यता खराल साविक विद्यापुर गाउँ कमिटी अध्यक्ष तथा सचिवालय सदस्य भएर लागिरहेका छन् ।

    पञ्चपुरी नगरपालिका वडा नं १ देखि ११ सम्मका प्रतिनिधिहरू १६ गते छनोट भइसकेका छन् । अध्यक्षका उम्मेदवार रावत लामो समयदेखि भुगोल र जनस्तरमा काम गर्दै आएका छन् ।

    छनोट भएका करिब ६० प्रतिशत प्रतिनिधिहरू रावतको पक्षमा रहेको दाबी गरिएको छ । रावत प्रत्येक कार्यकर्ताहरूको घरमा पुगेर सुखदुःखमा साथ दिने र दोस्रो नगर अधिवेशनमा रावतको पक्षमा पल्ला भारी रहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # केपी शर्मा ओली

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images