कैलालीको लम्कीचुहा नगरपालिका-३, चिसापानीमा एक बेवारिसे शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय लम्कीका अनुसार आज दिउँसो १ बजे कर्णाली नदीको पश्चिम किनारामा अन्दाजी ५५/६० वर्ष एक पुरुषको शव फेला परेको हो ।
वर्ण गोरो, गोलो अनुहार भएको, नाक थेप्चो, फुलेका दाह्रि , जुंगा फुलेको, कान ठुला भएको, कम्मरमा कण्डे डोरी र जनाई लागाएको, घाटीमा सेतो रंगको सुर्के थैली भएको, माथिल्लो शरिरमा सेतो रंगको हाप टिसर्ट र तल्लो शरिरमा निलोमा सेतो रातो धर्के ट्राउजर लगाएको, उचाई ५ फिट ८ ईन्च,कपाल हल्का फुलेको पुरुषको शव फेला परेको र उक्त शवको पहिचान गर्नुहुनेले इप्रका लम्कीमा सम्पर्क गर्न लागि आग्रह गरिएको छ ।
शव टीकापुर अस्पतालको शव गृहमा राखिएको र सनाखत गर्न सक्नेले इप्रका लम्कीको फोन नं. ०९१-५४०१९९ सम्पर्क गर्न अनुरोध गरिएको छ ।



