३ दिने नेतृत्व विकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम सुरु भएको छ । गौरीगंगा नगरपालिकाको आर्थिक सहयोगमा युवा जागरण मंचको आयोजनामा कार्यक्रम सुरु भएको छ ।
युवा जागरण मञ्चका अध्यक्ष भक्त बिक (भबिस्य) को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिती गौरीगंगा नगरपालिकाका नगरप्रमुख देबिदत्त कडेल रहनु भएको थियो । कार्यक्रमका विशिष्ट अथिति नगर उपप्रमुख भोज बहादुर बम र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिष पन्त रहनु भएको थियो ।
त्यसैगरी अथितिहरूमा कार्यपालिका सदस्य मदन नेपाली , कार्यपालिका सदस्य इन्द्रकलि देबि बिक , निबर्तमान कार्यपालिका सदस्य हंस नेपाली रहनु भएको थियो । संस्थाका उपाध्यक्ष लिला न्युरेको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव करन साउदले गर्नु भएको थियो ।
कार्यक्रममा ५ वटा वडाका प्रतिनिधि सहभागी भएका छन् । कार्यक्रम ३ दिन सम्म नेतृत्व बिकास र कानुनी सचेततना सम्बन्धी केन्द्रित रहनेछ । समाज परिवर्तनको आधार नै नेतृत्व विकास र कानुनी सचेतना नै हो ।



