Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

विश्व रेडक्रस दिवसका अवसरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

विश्व रेडक्रस दिवसका अवसरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • समाचार
  • बैशाख २६, २०८१ बुधवार १७:५६ बजे
  • 1.2K
    SHARES
  • विश्व रेडक्रस दिवसका अवसरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

    विश्व रेडक्रस दिवसका अवसरमा लम्कीचुहा नगरपालिका वडा नम्बर २ बघौरामा रहेको स्वयम्भुनाथ बाल विद्या मन्दिर माविमा रेडक्रस सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । "मानवतालाई जिवित राखौं " भन्ने मुल नारा सहित विद्यालयमा गठित युवा रेडक्रस सर्कलको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाको सहयोगमा अभिमुखिकरण कार्यक्रमको सञ्चालन गरिएको हो ।Messenger_creation_18bb59e4-e10b-43c4-a0e3-01d65f9047b3.jpeg

    अभिमुखिकरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सदस्य एवं जुनियर / युवा रेडक्रस समिति कैलालीका संयोजक रंगप्रसाद तिमिल्सैनाले रेडक्रस अभियानका साथै जुनियर / युवा रेडक्रस सर्कल गठबन प्रक्रिया तथा काम कर्तव्य र अधिकारका विषयमा अभिमुखिकरण दिनुभएको थियो ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा सदस्य एवं जुनियर / युवा रेडक्रस समिति बलियाका संयोजक देवानन्द न्यौपाने , विद्यालयका प्रीन्सीपल यादव चौधरी , किद्यालयका सहायक प्रीन्सीपल शिवराज सन्ज्याल, शिक्षक नरेन्द्र रोकाया, जनक देवकोटा , नमराज धमाला लगायतकाको उपस्थिति रहेको थियो ।

    अभिमुखिकरण कार्यक्रममा विद्यालयका करिब एकसय विद्यार्थी छात्र छात्राहरुको सहभागिता रहेको थियो । त्यसैगरी विश्व रेडक्रस दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी प्रतापपुर उपशाखा र युवा रेडक्रस सर्कल सरस्वती मावि प्रतापपुरको संयुक्त आयोजनामा आज प्रतापपुर बजार तथा विद्यालय हाता सरसफाइ गरिएको उपशाखा सभापति खडक चौधरीले जानकारी दिनुभएको छ ।

    रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ तारिखका दिन किश्वभर विश्व रेडक्रस दिवस मनाइने गरिन्छ ।Messenger_creation_dee69769-6e5d-46f4-900b-0ff4e300aa78.jpeg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images