नेपाल रेडक्रस सोसाइटी प्रतापपुर उपशाखाको २५ औं वार्षिक साधारण सभा आज शनिबार प्रतापपुरमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी प्रतापपुर उपशाखाका सभापति खडक चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामप्रसाद चौधरी रहनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपमन्त्री राकेश हमाल, कैलाली जिल्ला कार्यसमिति सदस्य रंगप्रसाद तिमिल्सैनाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा उपशाखाका सचिव शमशेर बमले उपशाखाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रेम प्रसाद कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उपशाखाका उपसचिव टेकबहादुर देउवाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन कार्यसमिति सदस्य दीपक देउवाले गर्नुभएको थियो ।



