कैलालीको मोहन्याल गाउँपालिकाको सिमली–खिमडी सडकको निमार्ण कार्य तिब्र गतिमा अगाडि बढेको छ ।
मोहन्याल गाउँपालिकाको बडिखर्क देखि शान्तीपुर सम्मको सडक निमार्णको कार्य तिब्र गतिमा अगाडि बडेको हो । श्रीधर वसन्त निमार्ण सेवाले निमार्ण कार्य सुरु गरेको हो ।
श्रीधर वसन्त सेवाका प्रो. सुरेन्द्र जैसी आफै खटिएर सडक निमार्णको कार्य तिब्र गतिमा अगाडि बढाइरहनु भएको छ ।
आफै श्रमदान देखि लिएर मजदुरहरुलाई समेत सक्रियरुपमा खटाएर सडक निमार्णलाई गुणस्तरीय बनाउन नाला लगायत सडकका विभिन्न खण्डहरुलाई उच्चस्तरिय तरिकाले सुसम्पन्न गर्दै सक्रिय रुपमा निर्माण कार्यमा खटिरहेका छन् ।
निमार्ण कार्यलाई तोकिएको समयमै सम्पन्न गर्नको लागि जैसी आफै लागि परेका छन् ।



