Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जिल्ला बचत तथा ऋण सहकारी संघको सहकारी व्यवस्थापन सम्बन्धी तालिम सुरु

जिल्ला बचत तथा ऋण सहकारी संघको सहकारी व्यवस्थापन सम्बन्धी तालिम सुरु

  • समाचार
  • आषाढ १५, २०८१ शुक्रवार १९:३३ बजे
  • 1.2K
    SHARES
  • जिल्ला बचत तथा ऋण सहकारी संघको सहकारी व्यवस्थापन सम्बन्धी तालिम सुरु

    सहकारीमा सुशासन : प्रविधि र एकीकरण सहकारी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी तालिम शुक्रबारदेखि सुरु भएको छ । असार १४,१५ र १६ गते ३ दिनसम्म तालिम सञ्चालन हुनेछ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड धनगढी कैलालीको आयोजनामा र सुदूरपश्चिम प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय धनगढी कैलालीको सहयोगमा कार्यक्रम सुरु भएको हो ।IMG_20240628_192705.jpg

    जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड कैलालीकी अध्यक्ष शिवा थापाको सभापतित्वमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका उपप्रमुख जुना चौधरी रहनु भएको थियो ।IMG_20240628_193234.jpg

    कार्यक्रमका विशिष्ट अतिथि लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल रहेका थिए । कार्यक्रममा केन्द्रीय बहुउद्देश्यीय सहकारी संस्थाका केन्द्रीय सदस्य तथा किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष  सुरेन्द्र कुमार शाह , जिल्ला सहकारी संघका लेखा सदस्य बुद्धि प्रसाद खनाल , सिएमसी कैलालीका अध्यक्ष लालबहादुर भण्डारी , उपाध्यक्ष नवराज न्यौपाने , नेफस्सुनका अनुगमन अधिकृत एवम् प्रशिक्षक पवनजंग मल्ल लगायत सहकारीका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।IMG_20240628_192809.jpg

    जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य सुरेन्द्र बडुवालको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन चन्द्रकान्त खनालले गरेका थिए । तालिममा १७ वटा सहकारीबाट ३३ जनाको सहभागीता रहेको छ ।IMG_20240628_192746.jpg

    कार्यक्रममा बोल्ने वक्ताहरूले तालिम फलदायी र राम्रो हुने भन्दै जिल्ला बचत तथा ऋण सहकारी संघले तालिमको आयोजना गरेर राम्रो गरेको बताएका छन् ।

    पछिल्लो समयमा सहकारीप्रति हेर्ने दृष्टिकोणलाई समेत यस तालिमले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images